विश्वभर आज : बोको हरामको हमलादेखि जापान-कोरिया तनाव

विश्वभर आज : बोको हरामको हमलादेखि जापान-कोरिया तनाव

काठमाडाैं : हङकङ, फ्रान्स, जापान, काेरिया लगायत केही मुलुक आज विश्व समाचार बनेका छन् । फ्रान्समा 'जी सेभेन' सम्मेलन जारी छ । हङकङमा प्रदर्शन हुँदा काेरिया र जापान थप विवादमा फसेका छन् । यता बंगलादेशमा राेहिंग्या शरणार्थी समुदायले विशाल प्रदर्शन निकाले । यस लगायत केही घटनाले आज पनि विश्वकाे ध्यान तानेका छन् । केही प्रमुख विश्वघटना यहाँ प्रस्तुत गरिएकाे छ : 

बंगलादेशमा २ लाख रोहिंग्या सडकमा उत्रिए

ढाका : बंगलादेशमा रोहिंग्या समुदायले आफ्नो विस्थापनको दोस्रो वार्षिकी मनाउँदैछ । आइतबार २ लाखजति मानिस सडकमा ओर्लिएर म्यानमार जान पाउनुपर्ने भन्दै प्रदर्शन गरे । बंगलादेशको कक्स बजारस्थित कुतुपालोङ क्याम्पबाट उनीहरुले शान्तिपूर्ण रुपमा आन्दोलन निकालेका हुन् । बालबालिका, महिला समेत उल्लेख्य मात्रामा सहभागी भएको उक्त प्रदर्शनमा ‘भगवान महान छन्, रोहिंग्या जिन्दावाद !’ जस्ता नारा लगाइएका थिए ।

बोको हरामको हमलामा १२ जना मारिए

नाइजर : नाइजेरियामा बोको हरामले हमला गरेको भनिएको आक्रमणमा १२ जना सर्वसाधारण मारिएका छन् । नाइजरस्थित गएराति हमला भएको थियो । सीमाक्षेत्र गेस्केरोस्थित हमला हुँदा १२ गाउँलेको ज्यान गएको अधिकारीले जनाएका छन् ।

रातिको उक्त घटना यहाँको विद्रोही भूमिगत समूह बोको हरामले गराएको अधिकारीले जनाएका छन् । गत मार्चमा मात्रै दुई आक्रमणमा आठजना सर्वसाधारण र सात प्रहरी मारिएका थिए । बोको हरामले नाइजेरियामा हतियार उठाएपछि अहिलेसम्म ३० हजार मानिस मारिएका छन् भने दुई लाख विस्थापित भएका छन् । उनीहरु नाइजेरिया आसपासका क्षेत्र, क्यामरुन र छडमा पनि सक्रिय छन् ।

हङकङमा प्रदर्शनकारीलाई पानी फोहोरा प्रहार

हङकङ : हङकङमा ‘प्रो डेमोक्रेसी’ प्रदर्शनकर्ताहरुको आन्दोलनमा यहाँको प्रहरीले पानी फोहोरा आक्रमण गरेको छ । सिंगो सहर नै प्रदर्शनकारीले भरिएको अवस्थामा प्रहरीले भीड नियन्त्रणमा लिन पहिलो पटक पानी फोहोरा आक्रमण गरेको हो ।

दुई महिनादेखि चलेको आन्दोलनका बीच आइतबार पनि हजारौँको संख्यामा प्रदर्शनकारी सडकमा आएका थिए । प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पक्राउ गरिरहँदा पनि आन्दोलनकारीको संख्या घटेको छैन । प्रहरीले भने प्रदर्शनकारीलाई उनीहरुले इँटा, ढुंगा प्रहार गरिरहेको आरोप लगाएको छ । यस्तैमा प्रदर्शनकारीले बाँस तथा काठ प्रयोग गर्दै सडक अवरोध गर्दैआएका छन् ।

फ्रान्समा ‘जी सेभेन’सम्मेलन सुरु


पेरिस : बलियो अर्थतन्त्र भएका सात मुलुकको गठबन्धन ‘जी सेभेन’को सम्मेलन फ्रान्समा सुरु भएको छ । यसका लागि सातै देशका प्रमुख फ्रान्समा भेला भएका छन् ।

वार्षिक रुपमा हुने सम्मेलन यस वर्ष फ्रान्समा भएको हो । यससँगै ‘जी सेभेन’ गठबन्धनबाट असन्तुष्टहरुले प्रदर्शन पनि गरिरहेका छन् । हेन्डे सहरमा उनीहरुले तीनदिने सम्मेलनको विरोध गरेका हुन् । सम्मेलन चीन र अमेरिकाबीचको व्यापारयुद्ध, यूरोपियन यूनियनबाट बेलायतको बहिर्गमन, अमेरिका र इरानबीचको तनाब, एमाजोन जंगलमा लागेको डढेलो लगायत मुद्दामा सम्मेलन केन्द्रित हुने बताइएको छ ।

जापान र दक्षिण कोरियाबीच फेरि विवाद

टोक्यो : दक्षिण कोरियाली सेनाले विवादित टापु आसपास सैन्य अभ्यास गरेको भन्दै जापानले विरोध जनाएको छ । जापान र दक्षिण कोरियाले लामो समयदेखि विवादित क्षेत्र ताकेसिमालाई लिएर आआफ्नो राष्ट्रिय स्वाभिमानको मुद्दा बनाउँदैआएका छन् ।

दक्षिण कोरियाले यही आइतबार सैन्य अभ्यास गरेपछि विवाद झन् चर्किएको हो । जापानी विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दक्षिण कोरियाको उक्त कार्य अस्वीकार्य भएको जनाएको छ । साथै जापानले उक्त आइल्याण्डलाई आफ्नै भूभागमा पर्ने कुरा दोहोर्याएको छ ।

सुडानमा बाढीले ६० को मृत्यु


सुडान : सुडानमा भारी वर्षा र बाढीका कारण ६० जनाको मृत्यु भएको छ । यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार अरु १ सय भन्दा धेरै घाइते भएका छन् । स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । अन्तर्राष्ट्रिय मिडियाका अनुसार बाढीबाट २० हजार भन्दा धेरै घर पूर्ण रुपमा क्षतिग्रस्त छन् । यस्तै ३२ हजार भन्दा धेरै घर आंशिक रुपमा क्षतिग्रस्त छन् ।

अमेरिकाले प्रतिबन्ध फुकाउनुपर्ने बेलायती प्रधानमन्त्रीको शर्त

पेरिस : बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले अमेरिकासँगको व्यापारमा धेरै अवरोध रहेको बताएका छन् । फ्रान्समा जारी ‘जी सेभेन’ सम्मेलनमा पुगेका जोन्सनले यस्तो बताएका हुन् ।

अमेरिकाले यदी आफूहरुसँग व्यापार सम्झौता गर्ने हो भने अमेरिकाले व्यापार युद्धमा लगाएका प्रतिबन्ध फुकुवा गर्नुपर्ने उनको शर्त छ । जोन्सनले सम्मेलनमा सहभागी नेताहरुलाई भेट्नुअघि बिहान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए । जोन्सनले ब्रेक्जिट मामिलाबारे विभिन्न देशका नेता तथा युरोपेली संघ परिषद्का अध्यक्ष डोनल्ड टस्कसँग पनि भेट्दैछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.