बस अचानक ‘ब्याक’ हटेपछि...

बस अचानक ‘ब्याक’ हटेपछि...

दमौली : तनहुँको व्यास–१३ छाब्दीस्थित छाब्दी मार्गमा आइतबार बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

दमौलीबाट छाब्दी जाँदै गरेको ग १ ख २७०३ नम्बरको यात्रुवाहक बस उकालोमा जाँदै गर्दा अचानक ‘ब्याक’ हटेको थियो । उकालो चढ्न नसकेर ब्याक हट्दै गरेको बसले पैदलयात्री स्थानीय एक महिलालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गोठको काम सकेर सडकमा निस्किएकी ४० वर्षीया गोमा पन्थको बसको ठक्करबाट ज्यान गएको हो । बसको पछाडिको भागबाट ठक्कर लागेर घाइते भएकी पन्थलाई उपचारका लागि दमौली ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.