सिनामंगलमा डरलाग्दो दुर्घटना : टिपरले हान्दा तीन बाइक कच्याककुचुक,  चारजना गम्भीर

सिनामंगलमा डरलाग्दो दुर्घटना : टिपरले हान्दा तीन बाइक कच्याककुचुक,  चारजना गम्भीर

काठमाडौं : आइतबार साँझ काठमाडौंको सिनामंगलमा डरलाग्दो दुर्घटना भएको छ। तीनकुनेतर्फबाट गौशाला जाँदै गरेको टिपरले सिनामंगलमा ठक्कर दिँदा तीनवटा बाइक कच्याककुचुक भएका हुन्।

घटनास्थलमा पुगेका अन्नपूर्णका पत्रकार यम विरहीका अनुसार तीनवटा बाइक कच्याकुचुक भएका छन् भने एकजनाको शरीर क्षतविक्षत अवस्थामा घटनास्थलमा देखिन्छ। अन्य चार जनालाई भने उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ। टिपरको खोजी भइरहेको गौशाला प्रहरीले बताएको छ।

चारजना गम्भीर घाइते 

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते चार जनालाई उपचारका लागि केएमसी लगिएको हो । टिपरले हान्दा एकजना सडकबाट उछिट्टिएर टिनको बार बाहिर पुगेका एक जनाको भर्खरै उद्धार गरिएको छ । उनको अवस्थासमेत गम्भीर छ । थप विवरण केही बेरमा 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.