रोकिएन टिपर आतंक : सिनामंगलमा एकको मृत्यु, चार घाइते (अपडेट)
![रोकिएन टिपर आतंक : सिनामंगलमा एकको मृत्यु, चार घाइते (अपडेट)](https://annapurnapost.prixacdn.net/media/albums/Accident-6_20190825155756_1n1AwApHBi.jpg)
काठमाडौं : आइतबार साँझ काठमाडौंको सिनामंगलमा डरलाग्दो दुर्घटना भएको छ। तीनकुनेबाट गौशाला जाँदै गरेको ना ३ ख ४३१७ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको परिचय भने खुल्न सकेको छैन ।
टिपरले तीनवटा बाइकलाई ठक्कर दिँदा अन्य चारजना घाइते छन्। घाइतेको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको गौशाला प्रहरीले बताएको छ। दुर्घटनास्थलमा तीनवटा बाइक कच्याककुचुक भएका छन्।
प्रहरीले टिपर र चालकलाई गौशालाबाट नियन्त्रणमा लिएको छ। दुर्घटनापछि टिपरसहित गौशाला पुगेका चालक २८ वर्षीय सोनम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)