बेटिसको पोस्टमा बार्सिलोनाको ५ गोल

बेटिसको पोस्टमा बार्सिलोनाको ५ गोल

बार्सिलोना : स्पेनिस ला लिगाको यस सिजनमा डिफेन्डिङ च्यम्पियन बार्सिलोनाले पहिलो जित दर्ता गरेको छ । आइतबार भएको खेलमा रियल बेटेसिलाई ५–२ ले हराउँदै प्रभावशाली जित हात पारेको हो ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा सुरुवाती अग्रता भने रियल बेटिसले बनाएको थियो । १५औं मिनेटमा नबिल फेकिरले गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । यसै सिजन एथ्लेटिको मड्रिडबाट बार्सिलोना सरेका फ्रान्सेली स्ट्राइकर एन्टोनी ग्रिजम्यानले ४१औं मिनेटमा गोल गरी खेल बराबरी गरे । बार्सिलोनाका लागि ग्रिजम्यानको यो पहिलो गोल हो । उनले ५०औं मिनेटमा अर्काे गाले थपेर टोलीलाई अग्रता दिलाए । 

त्यसपछि पेरेजले ५६औं, अल्बाले ६०औं र भिडालले ७७औं मिनेटमा गोल गरे । रियल बेटिसका लागि गार्सियाले ७९औं मिनेटमा अर्काे गोल गरेपनि त्यो खेलमा फर्कनका लागि पर्याप्त बनेन  । 

पहिलो खेलमा एथ्लेटिक बिल्बाओसँग हार व्यहोरेको बार्सिलोना लयमा फर्किएको छ । आइतबारको खेलमा बार्सिलोना स्टार खेलाडीद्वय मेसी र स्वारेजबिनै मैदानमा उत्रिएको थियो । 

आइतबार नै भएका ला लिगाका अन्य खेलमा एथ्लेटिको मड्रिडले लेगानेजलाई १–० र रियल सोसिडाडले रियल माल्लोर्कालाई १–० ले हराए । आलाभेज र स्पानिओलले गोलरहित बराबरी खेले ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.