अस्पतालसँग सम्झौतापछि आफन्तले बुझे सुत्केरीको शव

अस्पतालसँग सम्झौतापछि आफन्तले बुझे सुत्केरीको शव

बाजुरा : उपचारको क्रममा मृत्यु भएकी सुत्केरी महिलाको शव आफन्तले बुझेका छन्। बाजुरा जिल्ला अस्पतालमा शुक्रबार राति सुत्केरी हुन आएकी बसन्ती नेपालीको उपचारको क्रममा शनिबार मृत्यु भएको थियो। 

बडिमालिका नगरपालिका-७ की २१ बर्षिया बसन्ती आफन्तले स्वास्थयकर्मीको लापरबाहिले मृत्यु भएको भन्दै दुई दिनसम्म शव बुझेका थिएनन्। मृतककी दिदी अनिशा बाजुरालीले अस्पतालमा स्वास्थ्यकर्मीको लापरवाहिले नै बिहिनीको मृत्यु भएको बताउँदै आएकी थिइन्।

‘मेरी बहिनीको मृत्यु बरु संयोग मात्र होला त्यो मान्न सक्छौँ तर स्वास्थ्यकर्मीको लापरवाहीका कारण धेरै दिदी बहिनीहरुको ज्यान गएको छ यसमा जिल्ला अस्पताल सम्वेदनशील हुनुपर्छ’, उनले भने।

प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपाने, उपचारमा संलग्न स्वास्थ्यकर्मी, पीडित परिवारका आफन्त र अन्य सरोकारवालाको उपस्थितिमा लिखित सम्झौता भएको हो। घटनाप्रति समवेदना व्यक्त गर्दै यसपछिका दिनहरुमा घटना हुन नदिन जिल्ला अस्पताल सम्वेदनशील हुने उक्त सम्झौतामा उल्लेख छ। 

अत्याधिक रक्तश्रावले पाठेघर र सालको बीचबाट रगत बगेको कारण बसन्तीको मृत्यु भएको अस्पतालले जनाएको छ। 

बच्चा जन्मदा निस्कने पानी  मुटु, फोक्सो र रगतमा मिसिएपछि श्वास फेर्ने नलिनै बन्द भएकोले सुत्केरीको मृत्यु भएको जिल्ला अस्पताल बाजुराका एमडिजीपी डाक्टर दुर्गा महर्जनले जानकारी दिए। 

स्वास्थ्यकर्मीले साउन २६ गते देखि २ गतेसम्म सुत्केरी हुने समय तोेकेको र दुई गते जिल्ला अस्पताल आएर वाडमा भर्ना हुनु पठाएको र वाडमा भर्ना नभएर घर गएको र ढिलो गरी अस्पताल आएकोले यस्तो समस्या आएको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.