सुनको भाउले बनायो नयाँ कीर्तिमान : तोलाकै पुग्यो ७३ हजार ५ सय
![सुनको भाउले बनायो नयाँ कीर्तिमान : तोलाकै पुग्यो ७३ हजार ५ सय](https://annapurnapost.prixacdn.net/media/albums/gold_20181210050520_ZxNxJFG8bd.jpg)
काठमाडौं : निरन्तर उकालो लागेको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ।सोमबार सुन तोलामा १ हजारले बढेर ७३ हजार ५ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यावसायी महासंघले जनाएको छ।
यस्तै चाँदीको भाउमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलामा ८६० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन तोलामा ७२ हजार ५ सयमा कारोबार भएको थियो।यस्तै चाँदी तोलाको ८५० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)