दोलखामा जताततै पहिरो

दोलखामा जताततै पहिरो

दोलखा : शनिबार राति परेको अबिरल वर्षाको कारण पश्चिमी दोलखाको शैलुङ र मेलुङ गाउँपालिकामा जताततै गएको पहिरोेका कारण एकसय १२ घर जोखिममा परेको छन्। गत आवमा खनेको सडकका कारण गएको पहिरोले शैलुङ गाउँपालिका–८ पोखरे एक्ले सल्ला बस्ने उद्धव कार्कीको कुखुरा खोर पुरेको छ। पहिरोले पुरिएर खोर भित्र रहेको ३ सय २५ ओटा कुखुराको चल्ला र एउटा खसी मरेको प्रहरीले जनाएको छ। कार्कीको परिवार सुरक्षित स्थानमा रहेको प्रहरीले जनाएको छ।

मेलुङ गाउँपालिका–१, पवटीको दियाले टोलमा ४० घरधुरी, कार्की टोलमा २० घरधुरी, बोहोरा टोलमा ११ घरधुरी, आचार्य टोलमा १० घरधुरी, मृगे टोलमा ७ घरधुरी, शैलुङ गाउँपालिका–८, थिङटोलमा–७ घरधुरी, गोरख टोलमा ५ घरधुरी, रामलाल टोलमा ५ घरधुरी गरि मेलुङ र शैलुङ गाउँपालिकामा १ सय १२ घरधुरी जोखिममा रहेको दोलखा प्रहरीले जनाएको छ। गौरीशंकर गाउँपालिका–७, मार्बु देवीथानमा पहिरोले ढलकबहादुर मगरको घर बगाएको छ। पहिरो क्षेत्रमा रहेको ३ घर जोखिममा सुरेन्द्र मगर, घुनबहादुर मगर र तीर्थबहादुर मगरको घर जोखिममा परेको छ।

यस्तै अविरल वर्षाको कारण तामाकोशी–मन्थली सडकको तामाकोशी गाउँपालिकाको जफे क्षेत्र गएको पहिरोको कारण अवरुद्ध भएको सडक आंशिक मर्मतपछि सुचारु भएको छ। सडक डिभिजन कार्यालय चरिकोटको डोजर प्रयोग गरी सो सडकलाई एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको ट्राफिक प्रहरी चरिकोटले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.