नेकपामा चारजना केन्द्रीय सदस्य थपिए

नेकपामा चारजना केन्द्रीय सदस्य थपिए

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यमा चारजना थपिएका छन्। सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा बसेको बैठकले चारजनालाई पार्टी सदस्यमा मनोनीत गरेको हो। मनोनित हुनेमा  देवेन्द्र पराजुली, कल्पना धमला, पद्म राई र किरण राई रहेका छन्।

यससँगै नेकपाको केन्द्रीय सदस्य संख्या ४ सय ४५ पुगेको छ।

'पार्टीको विधानमा पार्टी एकता प्रक्रियामा सामेल भएका मध्येबाट १० प्रतिशतसम्म केन्द्रीय सदस्यमा समावेश गर्न सकिने भन्ने प्रावधान छ। धमला र पराजुली बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीमा थिए। नयाँ शक्तिले फोरमसँग एकता गरेपछि नेकपामा प्रवेश गरेका हुन्। त्यस्तै  पद्म र किरण विप्लव छोडेर नेकपामा आएका हुन्।

 बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी प्रावधान अनुसार चारजनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको जानकारी दिए।

बैठकले पार्टीमा आवद्ध नेता कार्यकर्ताले आफ्ना नेता या कार्यकर्ताका बारेमा सार्वजनिक ठाउँमा व्यक्तिगत टिप्पणी गर्न नपाउने निर्णय गरेको छ।आफ्ना नेता र कार्यकर्ताका बारेमा जथाभावी बोल्न नपाइने र त्यसो गरेमा कारबाही हुने निर्णय गरिएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.