ठेउला र डेङ्गुका बिरामी जाँच्‍न किटको अभाव

ठेउला र डेङ्गुका बिरामी जाँच्‍न किटको अभाव

धादिङ : जिल्ला अस्पताल धादिङवेशीमा उपचार गराउन आउनेहरूमा डेङ्गु र ठेउला (स्क्रब टाइफस) रोगको संक्रमण देखिन थालेको छ। ठेउलाका बिरामी बढ्न थालेपछि महामारीकै रुप लिने हो कि भनेर स्वास्थ्यकर्मीसमेत चिन्तित छन्।

गत वर्ष यही सिजनामा धादिङमा डेङ्गु देखा परेको थियो। भदौ महिनामा धादिङ जिल्ला अस्पतालमा उच्च ज्वरो आएका बिरामीको स्वास्थ परीक्षण गर्दा पाँच जनामा डेंगु र १७ जना ठेउला देखिएको जिल्ला अस्पताल धादिङले जानकारी दिएको छ। ‘यहाँ उपचार गराउन आउनेमध्ये ५ जनामा डेङ्गु र १७ जनामा स्क्रब टाइफसका रोगका लक्षण देखिएको छ', अस्पतालका सूचना अधिकारी कृष्णलाल उप्रेतीले भने, 'चिकित्सकको निगरानीमा उपचार गराइरहेका छौँ।'

अन्य बिरामीमा पनि संक्रमण भएको अनुमान चिकित्सकहरूले गरेको छन्। तर परीक्षण गर्ने किट थोरै सङ्ख्यामा भएकाले शंकास्पद सबै जनाको परिक्षण गर्न सकिएको छैन। बिरामीको संख्या दिनदिनै बढेसँगै अस्पतालमा यो रोगको प्रारम्भिक परीक्षणका लागि आवश्यक पर्ने सामग्रीको समेत अभाव भएको छ। सबै किसिमका लक्षण मेल खाएको र नगरी नहुने सिकिस्त बिरामीलाई मात्र अहिले ती दुवै रोगको परीक्षण गर्ने गरेको अस्पतालले जनाएको छ।

चिकित्सकहरूले शंकास्पद बिरामीहरूमा समेत रोगको परीक्षण गर्न नपाएकोले झन् समस्या उत्पन्न भएको बताएका छन्। बजार क्षेत्र भन्दा ग्रामीण क्षेत्रका स्थानीयमा यो रोग फेला पर्न थालेको छ। यस वर्ष धादिङमा दुबै रोगका संक्रमित दिनदिनै बढ्दै गएकाले सरकारले तत्काल रोगको प्रारम्भिक परीक्षणका लागी आवश्यक पर्ने किट उपलब्ध गराउन जिल्ला अस्पतालका स्वास्थकर्मीले माग गरेका छन्।

टाउको दुख्ने, अत्याधिक ज्वरो आउने, गर्धन र घाँटी वरपर मसिना बिमिरा आउने स्क्रब टाइफसको प्रमुख लक्षण हुन्। यो रोग धादिङमा दुई वर्ष अघिदेखि देखिन थालेको हो।

‘माइट’ नामको किर्नाले टोकेपछि स्क्रब टाइफस रोग लाग्छ। यो जुम्राभन्दा पनि सूक्ष्म हुन्छ। प्रायः नाङ्गो आँखाले देख्न सकिँदैन। यो मुसाको कानमा बस्छ। घाँसमा ‘माइट’ झरेको अवस्थामा मानिससँगको सम्पर्कमा आउँदा यसको संक्रमण हुन्छ।

आजकाल दैनिक जसो डेङ्गु र स्क्रब टाइफस रोगका लक्षण मिल्ने र उच्च ज्वरो आएका बिरामीमा १० देखि १५ जनासम्म उपचार गराउन आउने गरेका छन्। तिनीहरू सबैमा रोगका संक्रमण नदेखिएपनि देशभर भइरहेको डेङ्गुको प्रकोपले आत्तिएर जचाउन आर्ने बढी छन्।

स्वास्थ्य कार्यालय धादिङका जनस्वास्थ्य अधिकृत विष्णु रिजालले परीक्षण गराउनको लागि किटको अभाव नहुने बताए ‘यहाँ परीक्षण गराएका बिरामीको विवरण र रिपोर्ट स्वास्थ्य मन्त्रालय अन्तर्गत इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाउनु पर्छ', उनले भने, 'त्यसपछि आवश्यक मात्रामा उसैले किट पठाइदिन्छ।’ धादिङमा डेङ्गु र स्क्रब टाइफसका विरामी बढ्न थालेपछि आवश्यक समन्वय गरिरहेको रिजालले बताए।

जिल्लामा डेङ्गु र स्क्रब टाइफस रोगका बिरामी देखा पर्न थालेपछि रोगबाट बच्न उच्च सर्तकता अपनाउन समेत चिकित्सकले सुझाव दिएका छन्। लगातार उच्च ज्वरो आएमा तत्काल परीक्षण गर्न स्वास्थ्य संस्था जान समेत उनीहरूको अनुरोध छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.