विद्यालयबाट फर्किदै गरेका बालक बाढीले बगाएर बेपत्ता
![विद्यालयबाट फर्किदै गरेका बालक बाढीले बगाएर बेपत्ता](https://annapurnapost.prixacdn.net/media/albums/dead_20190805103102_yNC2O3TLPj.jpg)
नुवाकोट : नुवाकोटको पश्चिमी भेगमा रहेको भाल्चेमा बाढीसहितको खोलाले बगाउँदा एकजना स्कुले बालक वेपत्ता भएका छन्। किस्पाङ गाउँपालिका-१ भाल्चेस्थित सामरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय १० वर्षीय सरोज घले वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
स्थानीय होलिजोन बोर्डिङ स्कुलको कक्षा ३ मा अध्ययनरत घले सोमबार बेलुकी विद्यालयबाट घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाएको थियो।
वडाध्यक्ष आइतबहादुर घलेका अनुसार बाढीले बगाएर बेपत्ता बालकको खोजि भइरहेको छ।यस्तै चट्याङ लागेर नुवाकोटकै बुङताङ गाविस-४ पारीगाउँका सुकुराम तामाङको गोठमा पालेको एक हल गोरु र एउटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)