संसद्मा लामखुट्टेका ‘अण्डा नियन्त्रण’ को माग
काठमाडौं : सांसद मीना सुब्बाले डेंगु नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएकी छन्। मंगलबार संसद्को शून्य समयमा बोल्दै सांसद सुब्बाले सरकारले लामखुट्टे मार्न र त्यसको अण्डा नष्ट गर्न नसकेको आरोप लगाइन्।
‘देशमा डेंगुको समस्या विकराल बनेर आएको छ’, सांसद सुब्बाले भनिन्, ‘सरकारको असक्षमता मनसुन पूर्व धरानमा देखिएको डेंगु नियन्त्रण गर्न नसक्नु हो।’
धरानबाट फैलिएको डेंगु ४२ जिल्लामा फैलिएको र संघीय राजधानी हुँदै यो पहाडी जिल्ला पाँचथरसम्म उक्लिएको उनको भनाइ छ। ‘तीन महिनाअघि धरानमा देखिएको डेंगु पहाड पाँचथरमा पनि उक्लिएको छ’, उनले भनिन्, ‘यसको पखेटा पनि दह्रो भएर आएको छ, सरकारले लामखुट्टे मार्न र अण्डा नियन्त्रण गर्न किन सकेन ?’