फोक्सो पीडितले गरे सहयोगको याचना
कालिकोट : नरहरिनाथ गाउँपालिका–३ सुन्दरपानी निवासी रत्ननाथ योगी राकेशले उपचारका लागि सहयोगको याचना गरेका छन् । सानै उमेरमा भएको निमोनियाका कारण अहिले उनको फोक्सोले काम नगरेपछि विगत २ वर्षदेखि काठमाण्डौंमा उपचार गराइछन् । आर्थिक अवस्था निकै कमजोर भएकाले उपचार गर्न नसकिएको भनी उपचारका लागि सहयोग गर्न उनले आग्रह गरेका हुन् ।
योगीले विगत २ वर्षदेखि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेको जानकारी दिएका छन् । निमोनियाका कारण मेरो फोक्सो ड्यामेज भएको छ।’ उनले भने डाक्टरले फोक्सो प्रत्यारोपण गर्नुपर्छ भनेका छन्, मसँग पैसा छैन । औषधि पनि निकै महँगो छ।’ उनले जग्गा अहिलेसम्म जसोतसो उपचार गराइरहेको र अब त्यो पनि नभएको बताए ।
हस्पिटलमा बसेर कृत्रिम अक्सिजन लिँदा महँगो हुने भएकाले कोठा भाडामा लिएर अक्सिजनले लिइरहेको र यसैका सहायताले आफू बाँचिरहेको रत्ननाथले बताए ।
उनले फोक्सो परिर्वतन गर्न बढी रकम लाग्ने भएकाले आफ्नो आर्थिक अवस्थाबाट सम्भव नभएकाले सहयताका लागि आग्रह गरेको बताए । आफू जन्मेको नरहरिनाथ गाउँपालिकाले उपचारका लागि सहयोग नगरेको गुनासो गरे।