अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

कालिकोट : तिलागुफाको छाप्रे ढाँडखोलामा गएको पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग संचालनमा आएको छ। पहिरोले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत जुम्ला सडकखण्डको टाकुल्लामा अवरुद्ध राजमार्ग दुईवटा डोजरले मंगलबार रातभर पहिरो पन्छाएपछि बुधबार बिहान ९ बजेबाट कर्णाली राजमार्ग संचालनमा आएको हो।

सोमबार बेलुकादेखि अवरुद्ध राजमार्ग संचालनमा आएपछि कर्णाली राजमार्गमा अलपत्र परेका सवारी साधन तथा यात्रुलाई राहत भएको छ। जुम्ला, मुगुबाट सुर्खेततिर र सुर्खेतबाट जुम्ला मुगुतिर जाने सवारी साधन बुधबार बिहानबाट नियमित संचालनमा आएका छन्। 
 

सोमबार बेलुका भारी वर्षाका कारण तिलागुफाको-७ छाप्रे ढाँड खोलामा आएको भीषण पहिरोले कर्णाली राजमार्गको टाकुल्लामा राजमार्ग अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी श्यामबाबु ओलीयाले सडक डिभिजन कार्यालय र तिलागसफा नगरपालिकाको समन्वयमा दुईवटा डोजर लगाएर पहिरो पन्छाएपछि बुधबार बिहान ९ बजेबाट राजमार्ग खुलेको जानकारी दिए।

उनका अनुसार पहिरो पन्छाएर यातायात संचालन भएपछि सडक आसपासमा रोकिएर रहेका गाडीहरु गन्तव्य तिर लागेका छन्।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.