मेयरको विरोधमा राजपाको प्रदर्शन

मेयरको विरोधमा राजपाको प्रदर्शन

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको नगर प्रमुख विजयकुमार सरावगीको विरोधमा राष्ट्रिय जनता पार्टी (राजपा)ले प्रदर्शन गरेको छ । 

जिम्मेवारी सम्हालेको दुई वर्षमा पनि नगरको विकास र नगरवासीको हितमा काम गर्न नसकेको भन्दै (राजपा) नेपालले बुधबार सरावगीको विरोधमा प्रदर्शन गरेको हो । राजपाले बुधबार वीरगन्जमा नगर प्रमुख सरावगीको विरोधमा नाराबाजी गर्दै जुलश निकालेर प्रदर्शन गरेको हो ।

घण्टाघर छेउको लालबंगला परिसरबाट राजपाले निकालेको विरोध जुलुशमा सहभागी नेता तथा कार्यकर्ताले नगर परिक्रमापछि मेयर सरावगीलाई ज्ञापनपत्र बुझाएका छन् । 

ज्ञापनपत्रमा राजपाले दुई वर्षको कार्यकालमा वीरगन्ज महानगरमा भौतिक विकास निर्माणका काम नभएको, विकास निर्माणका योजना अलपत्र पारिएको, महानगरको सामुदायिक विद्यालयमा सुधार गर्नुको सट्टा नगर प्रमुख सरावगीले हस्तक्षेप गरि झन धराशायी बनाएको, नगरवासीलाई सेवा सुविधा दिनको सट्टा करको भार मात्रै थोपार्ने काम गरिएको आरोप लगाइएको छ । 

नगर प्रमुख सरावगीले महाननगरमा रहेका सार्वजनिक जग्गा र सम्पतिको संरक्षण गर्न नसक्दा भुमाफियाहरुले कब्जा गर्ने चलखेल गरिरहेको आरोप पनि राजपाले लगाएको छ ।  नगर प्रमुख सरावगीलाई ज्ञापनपत्र बुझाएपछि राजपाले महानगरपालिकाको मुल प्रवेशद्वारमै कोणसभा गरेको छ । 

कोणसभालाई सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले दुई वर्षको कार्यकालमा नगर प्रमुख सरावगीले आफनो र आफ्ना पार्टीका नेता कार्यकर्ताको गोजी भर्ने बाहेक नगर र नगरवासीको हितमा केही गर्न नसकेको आरोप लगाए । 

कोणसभालाइ सम्बोधन गर्दै राजपाका सहमहासचिव निजामुदिन समानीले व्यपारिक क्षेत्रबाट आएका नगर प्रमुख सरावगीले जनप्रतिनिधीको भूमीका निर्वाह गर्न नसकेको बताए ।  राजपाकी केन्द्रीय सदस्य रम्भा मिश्राले पनि व्यपारीले जनताको मर्का बुझन नसक्ने आरोप लगाइन् । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.