सत्कार सिकाउने होटल व्यवस्थापन

सत्कार सिकाउने होटल व्यवस्थापन

नेपालीको आतिथ्य संस्कार विश्वभर रुचाइएको छ। सधैं हँसिलो मुद्रामा रहने नेपालीबाट नेपाल आउने विदेशी पर्यटकसमेत प्रभावित हुने गरेका छन्। नेपालीको यही राम्रो बानीलाई व्यावसायिक रूपमा बदल्न पछिल्लो समय होटल व्यवस्थापन तथा आतिथ्य सत्कार (हस्पिटालिटी) शिक्षा निकै फस्टाएको छ।

विज्ञान, इन्जिनियरिङ, मेडिकल शिक्षाभन्दा अलि फरक होटल व्यवस्थापन पनि व्यावसायिक एवम सेवामूलक शिक्षा हो। यसलाई प्राविधिक शिक्षा पनि भन्ने गरिन्छ। विद्यार्थीले फिल्डमै उत्रेर क्षमता प्रस्फुटन गर्नुपर्ने भएकाले कामप्रतिको जिम्मेवारी बहन र अनुशासन यो शिक्षाको पहिलो प्राथमिकतामा पर्दै आएको छ।

व्यवस्थापनअन्तर्गत अर्थशास्त्र, होटल म्यानेजमेन्ट, एकाउन्टेसी आदि विषय पढ्नुपर्ने हुन्छ। यो विषय एसईईमा उत्कृष्ट हुनेले मात्र होइन जोसुकैले पढ्न पाउँछन्। त्यसैले सबै प्रकारका विद्यार्थीका लागि यो विषय उपयुक्त बन्दै आएको छ। सगरमाथा मल्टिपल क्याम्पसका प्राध्यापक चन्द्र ढकालका अनुसार व्यवस्थापन शिक्षाले विद्यार्थीलाई सामाजिकीकरण गराउँछ।

‘अहिले नयाँ पुस्ता सामाजिक रूपमा घुलमिल हुन सक्दैनन्। व्यवस्थापन शिक्षाभित्रका बीएचम र बीटीएमको पढाइले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अतिरिक्त समाज बुझाउने काम पनि गर्छ’ प्राध्यापक ढकाल भन्छन्।’

यो संकायमा सैद्धान्तिक र प्रयोगात्मक दुवै किसिमका विषय समावेश भएकाले विद्यार्थीको आकर्षण झन् बढ्नु स्वाभाविक नै हो। त्यसमाथि विद्यार्थीको स्वाभाव र क्षमताअनुसार व्यवस्थापन भित्रका विविध विषय रोज्न सकिन्छ।

नेपाल जस्तो विकासशील राष्ट्रमा व्यवस्थापन पढेका जनस्रोतको माग बढ्दो छ। विकल्प पनि धेरै छन्। बढ्दो माग र विकल्पलाई ध्यानमा राखेर होटल व्यवस्थापनको पढाइ रोजेको क्वेस्ट इन्टरनेसनल कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थी पुष्कर विष्ट बताउँछन्। पुष्कर भन्छन्, ‘यो विषय पढेपछि आफैंले व्यापार व्यवसाय गर्न सक्षम भइन्छ।’

स्नातकमा होटल व्यवस्थापन (बीएचएम) को अन्तिम दुई सेमेस्टरमा इन्टनसिप गर्नै पर्ने नियम भएको उनी बताउँछन्। पढाइकै क्रममा दुबई, थाइल्यान्ड, कतार, बहराइन, जर्मनीजस्ता देशहरूमा इन्टर्नसिपको लागि कलेजले नै लैजान्छ, उनी भन्छन्, ‘त्यहाँ राम्रो गर्न सकेमा करियरसमेत बन्छ।’

नेपालको शिक्षा नीति सैद्धान्तिक रूपमा मात्र अगाडि बढेको छ। तर व्यवस्थापन शिक्षाभित्र पनि होटल व्यवस्थापनमा स्नातक गर्नेहरूलाई परिपक्व र व्यावसायिक ज्ञान भएको दायरामा राखिन्छ। ठूला होटल, रेस्टुरेन्टहरूले पनि व्यावसायिक ज्ञान भएका शिक्षित युवालाई रोजगार दिन खोज्छ।

हाल एसईई उत्तीर्ण भएसँगै विद्यार्थीको रोजाइमा व्यवस्थापन विषय पर्दै थालेको छ। पछिल्ला केही वर्षमा व्यवस्थापन भित्र पनि होटल व्यवस्थापन तथा हस्पिटालिटी शिक्षातर्फ विद्यार्थीको चाप बढ्दो छ। देशमा व्याप्त बेरोजगारी समस्याका कारण पनि विद्यार्थीले यो विषयमा आफ्नो भविष्य सुनिश्चित देखेका छन्।

रोजगारीको अवसर पर्याप्त भएकाले विद्यार्थी यो संकायतर्फ आकर्षित भएको मनमोहन बहुमुखी क्याम्पसका प्राध्यापक द्रोणबहादुर अधिकारी बताउँछन्। ‘यो रोजगारीमुखी पढाइ हो। अधिकारी भन्छन्, यो विषय पढ्ने विद्यार्थीहरू पछि गएर व्यावसायिक ज्ञानका धनी हुन्छन्।’ आफ्नै व्यवसाय सञ्चालन गर्न सक्ने र आर्थिक रूपमा समेत सबल हुने शिक्षा होटल व्यवस्थापन नै भएको उनी बताउँछन्।

विश्वमा व्यवस्थित रूपमा होटल संघ खुलेको निकै लामो समयपछि विसं २०१० सालमा मात्र नेपालमा पहिलो होटल खुल्न पुग्यो भने नेपालले पर्यटक भित्र्याउन थालेको करिब दुई दशकपछि २०२९ साल (सन् १९७२) मा होटल म्यानेजमेन्ट एन्ड टुरिजम् ट्रेनिङ सेन्टर (एचएमटीसी) का रूपमा सरकारी स्तरमा नेपालको पहिलो पर्यटन तथा होटल तालिम केन्द्र खुल्यो, जुन हाल नेपाल एकेडेमी अफ टुरिजम् एन्ड होटल म्यानेजमेन्ट (नाथम) का रूपमा चिनिन्छ। सन् १९७२ मा खुलेको भए पनि यसले सन् १९९९ बाट मात्र होटल व्यवस्थापनको पहिलो स्नातक तह (ब्याचलर इन होटल म्यानेजमेन्ट– बीएचएम) आरम्भ गरेको हो।

नाथमपछि सन् २००० पछि निजी क्षेत्रबाट पनि बीएमएम वा सो सरहका स्नातक तहको शिक्षा आरम्भ भयो। हाल ६० भन्दा बढी निजी होटल व्यवस्थापन तथा आतिथ्य सत्कार कलेजहरू सञ्चालनमा छन्। सन् २००० भन्दा अगाडि नेपालमा होटल व्यवस्थापन शिक्षाबारे ठोस जानकारी नै थिएन भन्दा पनि हुन्छ। तर, अहिले सूचना प्रविधिको तीव्रत्तर विकास, रोजगारीमूलक क्षेत्रमा बढ्दो पहुँच, शिक्षामा विविधीकरण तथा यसै क्षेत्रमा हासिल भएका उपलब्धिहरूलाई हेरेर होटल व्यवस्थापन पनि मूलधारकै शिक्षा रहेछ भन्ने महसुस गर्न थालिएको छ।

विश्व पर्यटन उद्योगको जति लामो इतिहास छ, लगभग त्यति नै लामो इतिहास होटल व्यवस्थापन तथा आतिथ्य सत्कार शिक्षाको पनि छ। विगतमा यस्तो अध्ययनलाई होटल व्यवस्थापन मात्रै भनिन्थो, अहिले यसलाई आतिथ्य सत्कार शिक्षा भनिन्छ। होटल व्यवस्थापन मात्रैले साँघुरो परिभाषा गर्छ भने आतिथ्य सत्कार (हस्पिटालिटी) शब्दले बृहत् अर्थ र महŒव बोक्ने गरेको नेपाल टुरिजम बोर्डका सिनियर म्यानेजर तथा हस्पिटालिटी शिक्षा प्रदान गर्दै आएका सुदन सुबेदीको भनाइ छ।

होटल व्यवस्थापन तथा हस्पिटालिटी शिक्षाले सेवामूलक कार्यप्रति विद्यार्थीलाई अभ्यस्त गराउँछ। व्यवस्थापन शिक्षाले विद्यार्थीलाई अनेक कुरामा व्यवस्थित हुन सिकाउँछ। होटल व्यवस्थापनले त अझ सानादेखि ठूला भनिने फाइभ स्टार होटलमा कसरी काम गर्ने भन्ने विषयमा ज्ञान दिन्छ। सुवेदी भन्छन्, ‘ग्राहकलाई कसरी खुसी बनाउने,’ ‘उनीहरूको कुरामा कसरी प्रतिक्रिया जनाउने जस्ता सामान्य ज्ञान व्यवस्थापन विषय अझै महŒवपूर्ण छ।’

आतिथ्य सत्कार शिक्षा लिएपछि अन्त कतै रोजगारीमै संलग्न हुनुपर्छ भन्ने पनि छैन। यसले उद्यमशील नागरिकहरू उत्पादनमा पनि निकै राम्रो योगदान दिन्छ। आतिथ्य सत्कार शिक्षामा स्नातक गरेका धेरै विद्यार्थीहरू अहिले यसै क्षेत्रमा उद्यमी भएका पनि छन्।

होटल व्यवस्थापन र आतिथ्य सत्कार शिक्षा पूर्ण रूपमा प्राविधिक विषय (अप्लाइड साइन्स) हो। त्यसैले विद्यालयले स्नातक तहमा विद्यार्थीलाई सकेसम्म व्यावहारिक ज्ञान दिने प्रबन्ध मिलाइएको हुन्छ तर व्यावहारिक ज्ञान मात्र ठूलो कुरा नभएको शिक्षक सुवेदीको भनाइ छ। ‘नेपालका राम्रा भनिएका कलेजहरूले बीएचएम र बीटीएमको पढाइमा सैद्धान्तिक पढाइलाई महŒव नदिएका छैनन्,’ उनले भने। कुनै पनि विषयको ज्ञान प्राप्त गर्न त्यस विषयप्रतिको फिलोसोफी बुझ्नुपर्ने उनको धारणा छ।

यही कमजोरीका कारण देशभित्रै सरकारी र निजी स्तरबाट आतिथ्य सत्कार शिक्षा प्रदान गरिँदै आए पनि यहाँ उत्पादित दक्ष र सीपयुक्त जनशक्तिले यहाँको आन्तरिक माग पूरा गर्नै सकेको छैन। अहिले पनि पाँचतारे वा अन्य पर्यटक स्तरका होटल व्यवसाय सञ्चालकहरूले सीपयुक्त जनशक्ति पाउनै नसकेको गुनासो गर्ने गरेको सुवेदी बताउँछन्। हाम्रो होटल व्यवस्थापन शिक्षाबारे बुझाइकै समस्या हो। होटल व्यवस्थापन पढाइलाई कतिपय कलेजले हल्का लिइदिँदा विद्यार्थीको भविष्यमा यसले ठूलो असर पारेको व्यवस्थापन पढ्दै गरेका विद्यार्थी सुवास कोइरालाको बुझाइ छ। उनी भन्छन्, विद्यालयले राम्रो नपढाउँदा विद्यार्थी समेत पढाइप्रति लापर्बाही गर्ने गरेको अवस्था छ।

कतिपय कलेजहरूले प्रक्रिया पु¥याउनकै लागि मात्र अभ्यास गराउँछन्। यसबाट व्यवस्थापन शिक्षा पढ्ने विद्यार्थीहरूले पूर्ण ज्ञान र सीप प्रदान गर्न सक्दैन। शिक्षक सुवेदी भन्छन्, ‘दक्ष जनशक्ति उत्पादन हुन नसक्दा नेपालका ठूला होटल व्यवसायमा अन्य मुलुकका मानिसहरूले रोजगारी पाइरहेका छन्।

बीएचएम शिक्षालाई व्यावहारिक बनाउन नेपालमा हाल प्लस टु तहमा पढाइँदै आइएको होटल व्यवस्थापनको कोर्स त्यति व्यावहारिक लाग्दैनन् तर त्यसबाट कुनै दक्ष जनशक्ति उत्पादन हुन सक्ने अवस्था छैन। तर प्लस टु भनेको विद्यार्थीलाई विषयवस्तु प्रति सामान्य ज्ञान दिन बनाइएको प्राध्यापक ढकाल बताउँछन्। ‘प्लस टुले जग बसाल्ने काम गर्छ भने स्नातक शिक्षाले विद्यार्थीलाई व्यावसायिक बनाउँछ,’ उनले भने। तर नेपालमा उत्पादन भएका विद्यार्थीहरू बिदेसिने क्रमलाई यहाँको शिक्षा क्षेत्र र सरकार पक्षले समेत जिम्मेवारी बहन गर्न नसकेको प्रति ढकाल दुःख व्यक्त गर्छन्।

यद्यपि बीएचएम शिक्षा अध्ययन गरेका विद्यार्थीले रोजगारी पाउने प्रबल सम्भावना हुन्छ। शिक्षकहरूका अनुसार विद्यार्थीहरूले केही पक्षमा ध्यान दिन सकेमा राम्रो हुन्छ। यसको अध्ययन गरेका विद्यार्थीले अरूको सेवामा रमाउने क्षमतालाई अभिवृद्धि गर्नु पर्ने, शान्त, सहनशील र हँसिलो स्वभाव हुनु पर्ने मान्यता छ। यस्ता सामान्य गुणबाट ग्राहकलाई ठूलो सन्तुष्टि मिल्ने हुनाले यी ज्ञान विद्यार्थीलाई सुरुमै दिइन्छ। आतिथ्य सत्कारमा रमाउने, विश्वका जुनसुकै देश वा क्षेत्रमा भ्रमण गर्दा वा काम गर्दा सबैको भाषा, संस्कृति, सम्पदाको सम्मान गर्नु पनि उत्ति नै आवश्यक मानिन्छ।

शिक्षकहरूका अनुसार कलेज छनोट गर्दा राम्रो अन्तर्राष्ट्रिय सञ्जाल भएको र अत्यधिक प्रयोगात्मक अवसर भएको छनोट गर्नुपर्छ। सकेसम्म ६ महिना भए पनि विदेशमा इन्टर्नसिप गर्ने मौका विद्यार्थीले पाउनुपर्ने उनीहरूको धारणा छ। विद्यार्थीको ‘वल्र्ड भ्यु’ स्वस्थ र फराकिलो बनाउन यसले मद्दत गर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.