प्रान्तीय न्याय प्रणाली बुझ्न महान्यायाधिवक्ता खरेल भारतमा
काठमाडौं : महान्याधिवक्ता अग्नि खरेल नेतृत्वको टोली भारत भ्रमणमा गएको छ। सातै प्रदेशका वरिष्ठ अधिवक्ता सहितको १२ सदस्यीय टोलीसहित महान्यायाधिवक्ता खरेल प्रान्तीय व्यवस्थाको न्यायिक प्रणालीबारे अध्ययन गर्न त्यहाँ पुगेका हुन्।
खरेल नेतृत्वको टोली १४ गते स्वदेश फर्केने छ। नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरी महान्याधिवक्ता खरेल नेतृत्वको टोली भारतको सर्वोच्च अदालत, दिली उच्च अदालतको भ्रमण गर्नुको साथै दिल्लीस्थित भारतीय विधि संस्थानमा एक दिने कार्यशालामा समेत सहभागी भएको जनाएको छ।
नेपाली टोलीले प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक आधारक्षेत्र गुजरात प्रान्तको पनि भ्रमण गरेका छन्।