कुनै मन्त्रालयसँग छैनन् ऐतिहासिक दस्तावेज

कुनै मन्त्रालयसँग छैनन् ऐतिहासिक दस्तावेज

 काठमाडौं : २१ साउनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले महत्त्वपूर्ण सन्धि-सम्झौता कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको बताए।  प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा मन्त्री ज्ञवालीले परराष्ट्र मन्त्रालयमा केही रहेको र पुराना दस्तावेज कानुनसँग भएको बताएका थिए। 

तर, कानुन मन्त्रालयले पनि सुगौली सन्धि, नेपाल-भारत शान्ति तथा मैत्री सन्धिलगायत दस्तावेज भए नभएको एकिन गर्न सकेको छैन। सन् १९८४ पछिका महत्त्वपूर्ण सन्धि-सम्झौताका दस्तावेज खोज्दा भेटिने भए पनि त्यसअघिका दस्तावेज एकिन गर्न नसकिने मन्त्रालयको स्पष्टिकरण छ। 

यस्तै, नेपालका नक्सालगायत दस्तावेज खोज्दै समितिले गृह, भूमिसुधार, शिक्षा, कानुन, परराष्ट्र र संस्कृत, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय गरी ६ मन्त्रालयमा पत्र लेखेको थियो। यसमा गृह मन्त्रालयले मंगलबार पत्रको जवाफ पठायो। गृहको पत्रमा पछिल्ला सन्धि-सम्झौता र नक्शाको रेकर्ड रहेको जवाफ फर्काएको छ। तर, कुन-कुन नक्शा र सन्धि सम्झौता छन् भन्ने नखुलाएको समितिले जनाएको छ। 

यसैविषयमा छलफल गर्न समितिले बुधबार छलफल गर्न कानुन मन्त्रालयका सहसचिव धनराज ज्ञवालीलाई बोलाएको थियो। सन् १९८४ अघिका सन्धि तथा सम्झौतामा ज्ञवाली पनि अनभिज्ञ देखिए। ‘वि.सं. २०१० पछि हामीले सबै दस्तावेज संकलन गरेर राखेका छौँ। खास गरी सुगौली सन्धिका विषयमा हामी किलियर छैनौँ। सन् १९८४ पछिका सन्धि-सम्झौताका विषयमा यसै भन्न सकिन्न’, उनले भने, ‘तपाईँहरूले पत्र पनि पठाउनु भएको रहेछ। तर, हामीसँग सबै कुरा नभेटिएकाले जवाफ दिएका छैनौँ। अब तत्काल म खोज्न निर्देशन दिन्छु र जवाफ पठाउँछु।’

यसअघि परराष्ट्रमन्त्री ज्ञवालीले सुगौली सन्धि तथा बेलायत र भारतसँग जोडिएका महत्त्वपूर्ण सन्धि सम्झौता बेलायतस्थित नेपाली दूतावासबाट त्यहाँको लाइब्रेरीमा र कोलकत्ताको लाइब्रेरीमा पनि खोज्न लगाएको  बताएका थिए। 

समितिले खोजी गर्ने क्रममा पुराना सन्धि, सम्झौता तथा नेपालको नक्शाको प्रतिलिपी संग्राहलय तथा सरकारी पुस्तकालयमा नभेटिएपछि समितिले सरकारसँग यस्ता दस्तावेज खोज्न सुरु गरेको थियो। 

हराएको अखेटोपहारबारे अनभिज्ञ गृह
वन्यजन्तुको अखेटोपहरा व्यवस्थापन गर्ने क्रममा केही दिनअघि सिंहदरबारमा रहेको बाघको दाह्रा, गैँडाको खाग र बाह्रसिंङेको सिंह हराएको पाइएको थियो। 

समिति सभापति रामनारायण बिडारीको टोली निरीक्षणमा जाँदा बेलायती  बैठक कक्ष सजाउन राखिएका गैंडाका खाग, बाह्रसिंगे र जरायोको सिङ, बाघको दाह्रा, नंग्रा र जुँगा गायब पारिएको पाइएको थियो। बाघको नंग्रा, दाह्रा झिकिएको पाइयो र बाह्रसिंगेको सिङ काटिएको पाएको सभापति बिडारीले बताए। यस्तो पइएपछि गृहसचिव प्रेमकुमार राईलाई यसबारे सोध्न समितिमा बोलाइयो। 

तर, गृहसचिव राईले यसबारे गृहमा कुनै जानकारी नभएको बताए। उनले संचारमाध्यमबाट थाहा पाएको भन्दै यसबारे छानबिन गर्ने प्रतिबद्धता जनाए। ‘त्यो कहाँ थियो भन्ने जानकारी पनि छैन’, उनले भने, ‘अखेटोहपार कति थियो रेकर्ड भेटिएको छैन। हराएको रेकर्ड पनि आइसकेको छैन।’

यस्तै, लथालिंग अवस्थामा रहेको बेलायत बैठकका बारेमा भने गृहसचिव राईले सुधारका लागि पहल गर्ने बताए। उनले बेलायती बैठकको जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् र गृहको भएका कारण समितिलाई प्रधानमन्त्री कार्यालयसँग पनि छलफल गर्न आग्रह गरे। यस्तै, उनले यसको पुनर्निमार्ण प्रधिकरणले पनि पुनर्निमाण गरिरहेका कारण प्रधाकिरणसँग र रक्षा मन्त्रालयसँग पनि सहकार्य गर्नुपर्ने बताए। 

समितिले बेलायती बैठकको संरक्षणका लागि प्रधानमन्त्री कार्यालय, गृह, रक्षा र प्राधिकरणसँग छलफल गर्ने जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.