रानीपोखरीमा पानीको स्रोत खोजी

रानीपोखरीमा पानीको स्रोत खोजी

काठमाडौं : रानीपोखरीको बीचमा भएको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण सुरु गरिएको छ। उक्त मन्दिर प्रताप मल्लकालीन शिखर शैलीमा बन्ने भएको हो। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पोखरी निर्माण गरिरहेको छ। प्राधिकरणका सम्पदाविद् राजुमान मानन्धरका अनुसार पुनर्निर्माण गर्न काठमाडौं महानगरपालिकाले नसकेपछि प्राधिकरणले सुरु गरेको हो। महानगरले रानीपोखरी निर्माण गर्ने भनी ०७४ सालमा सुरु भएकोे थियो।

तर, पोखरी कस्तो शैलीको बनाउने भन्नेमा मेयर–उपमेयरबीच विवाद उत्पन्न भएपछि रोकिएको थियो। उपमेयरले परम्परागत पुरानै शैलीमा निर्माण गर्नुपर्ने भनेपछि स्थानीयले पनि साथ दिएका थिए।

बालगोपालेश्वर मन्दिर पुनर्निर्माण ।

धेरै विवाद भएपछि प्राधिकरण आफैंले बनाउने निर्णय गरेर काम सुरु गरेको हो। प्राधिकरणले अहिले उपभोक्ता समिति र निर्माण व्यवसायीमार्फत काम गरिरहेको छ। प्राधिकरणले पोखरीको मन्दिर, पुल र सौन्दर्यीकरणको काम गर्न सिएम तुलसी जेभीलाई ठेक्का दिइएको छ। सिएम तुलसी जेवीलाई उक्त कामका लागि करिब १५ करोड रुपैयाँमा ठेक्का दिइएको प्राधिकरणका सम्पदाविद् मानन्धरले जानकारी दिए। सम्झौता सुरु भएको १० महिनामा सक्ने गरी ठेक्का दिइएको छ।

‘निर्माण व्यवसायीसँग असार २४ मा ठेक्का सम्झौता भएको थियो,’ उनले भने, ‘काम अलिक ढिलो सुरु भयो। सम्झौताअनुसार काम १० महिनामा सक्नु पर्नेछ।’ सम्झौताअनुसार अहिले मन्दिर र पुल भत्काउने काम भइरहेको छ। पुरानो संरचना पूरै भत्काएर पुरानो शिखर शैलीमा निर्माण हुने भएको हो। शिखर शैलीमा निर्माण हुने उक्त मन्दिरमा सिमेन्टको सट्टा परम्परागत सुर्कीको प्रयोग गरिने भएको छ। सुर्की पुरानो इँटा कुटेर निकालिएको धुलो हो। यसमा चुना मिसाएर मन्दिरको भित्तामा इँटा जडान गरिन्छ।

स्थानीय उपभोक्ता समितिले लगाउन थालेको रानीपोखरीवरिपरिको पर्खाल।

अहिले निर्माणस्थलमा कामदारले सुर्की निर्माण गरिरहेका छन्। स्थानीय उपभोक्ता समितिमार्फत वरिपरिको गाह्रो र पोखरीको काम भइरहेको छ। समितिले पोखरीवरिपरि वाल लगाउन थालेको छ। मानन्धरले वरिपरिकोे वालको काम ४० प्रतिशत सकिएको जानकारी दिए। पोखरीको सतहमा पानी अड्याउन भक्तपुरबाट कालोमाटो ( द्य चाः ) बिछ्याइएको छ।

अन्य ठाउँको माटोमा पानी नअडिएपछि भक्तपुरबाट माटो ल्याइएको हो। अहिले सतहमा मोटो लगाउने काम सकिएको मानन्धरले बताए। उपभोक्ता समितिमार्फत गरिरहेको उक्त कामका लागि प्राधिकरणले करिब १० करोड रुपैयाँ छुट्याएको छ। ०७५ फागुनदेखि अनुगमन समितिको निगरानीमा काम सुरु भएको थियो। पोखरी निर्माण भएपछि पानी भर्न समस्या हुने भएको छ।

सम्पदाविद् मानन्दरका अनुसार प्रताप मल्लका समयमा पोखरीको गहिराइमा आफैं पानी आउँथ्यो। तर, अहिले पानीको स्रोत सुक्दै गएकाले यो गइराहीमा पानी पाइँदैन। ‘पोखरीको उत्तरपट्टिको भित्तामा केही समय अघिसम्म जमिन मुनिबाट पानी आइरहेको थियो,’ उनले भने, ‘तर, अहिले जमिनमा पानीको सतह घट्दै गएकाले आफैं पानी आउँदैन।’ पोखरीमा पानी जम्मा गर्न तीन विकल्प हुन सक्ने मानन्धरले बताए। उनका अनुसार बोरिङ, इनार वा आकाशे पानी संकलन गरेर पोखरीमा जम्मा गर्न सकिन्छ। ‘पोखरीमा पानी भर्न बोरिङ अथवा टुँडिखेलमा भएको इनारबाट पानी ल्याउने व्यवस्था मिलाउनुपर्छ। पहिले पनि त्यहाँबाट तान्ने गरिएको छ’, उनले भने। यो दुई विकल्पसँगै आकाशे पानी संकलन पनि गर्न सकिने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.