मकैबारीको बीचमा गाँजा खेती, प्रहरी पुगेपछि गाउँलेको भागाभाग

मकैबारीको बीचमा गाँजा खेती, प्रहरी पुगेपछि गाउँलेको भागाभाग

धादिङ : धादिङको गजुरी गाउँपालिका-४ गैरीगाउँमा २ सय ५० रोपनी क्षेत्रफलमा व्यवसायिक लगाइएको गाँजा खेती नष्ट गरिएको छ। मकैखेती भएको बारीमा गाँजा खेती भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यलयबाट खटिएको टोली गैरीगाउँमा पुगेको हो। 

महाभारत पर्वत श्रृखलामा पर्ने यो गाउँ पृथ्वी राजमार्गबाट ५ घण्टा माथिको दुरीमा पर्छ। हतपत कुनैपनि सरकारी निकायको पाइला नपुग्ने उक्त क्षेत्रमा बाक्लो गाँजा खेती हुने गरेको प्रहरीले सूचना पाएपछि गाँजा फडानी गर्न प्रहरी गैरी गाउँमा नै पुगेको छ।

जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी राजकुुमार बैदवारको नेतृत्वमा ४१ जना प्रहरी गाउँमै पुगेर बारीमा रहेको गाँजाका बोटहरु काट्न थालेपछि स्थानीयहरु भने पक्राउ पर्ने डरले घर छोडेर भागेका थिए।

गत वर्ष धादिङ प्रहरीले चरेसको ओसार पसार गरिरहेको अवस्थामा ठुलो परिमाणमा गाँजा, चरेश र भारतिय सवारी साधनहरु नियन्त्रणमा लिएको थियो। पक्राउ परेकाहरुलाई अनसन्धान गर्दै जाँदा महाभारत पहाड क्षेत्रमा हुने खेतीबाट गाँजा चरेशको तस्करी हुने गरेको पत्ता लागेपछि खेती नै नष्ट गर्न थालिएको बैदवारले बताए।

‘विगतका वर्षहरुमा पनि गाँजा नष्ट गरिदै आएको हो,’ बैदवारले भने, ‘अहिले गाँजाको बोट हुर्किने सिजन भएकाले यही बेलामा नष्ट गर्दा प्रभावकारी हुने देखेर गाउँगाउँमै पुगेर गाँजाखेती नष्ट गर्ने अभियान चलाइएको हो।’ गाँजाखेती नष्ट गर्ने कामलाइ धादिङ प्रहरी मातहत रहेका सवै प्रहरी युनिटहरुलाइ परिचालन गरेर अभियानकै रुपमा चलाइने बैदवारले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.