पर्खाइ

पर्खाइ

मैले गाएको गीत

आजसम्मै गाइएको छैन

यसै बिताएँ दिन मैले

वाद्ययन्त्रका तारहरू फेर्दै कस्दै

समय सत्य भएकै छैन

शब्दहरू सही तौरमा बनेकै छैन

त्यहाँ गहिरो पीडा मात्र छ

हृदयमा इच्छाएजस्तो

मैले उनको अनुहार देखेकै छैन

न त स्वर नै सुनेको छु

मात्र हल्का पदचाप सुनेको हुँ

घर अगाडिको सडकमा

टुकी अझै बलेको छैन

सक्दिनँ बोलाउन

म उनलाई घरमा

म बाँचेको छु

उनलाई भेट्ने आशमा

भेट बाँकी नै छ।


रवीन्द्रनाथ टैगोर (१८६१–१९४१) बंगाली मूलका विश्वप्रसिद्ध कवि–लेखक–चित्रकार–संगीतज्ञ हुन्। ‘गीताञ्जलि’ उनको प्रसिद्ध पुस्तक हो। उनले सन् १९१३ मा साहित्यतर्फ नोबेल पुरस्कार पाएथे। वातावरण विज्ञानमा विद्यावारिधि अनुवादक रोशन शेरचनका ‘शब्दहरूको देश’, ‘सरुभक्तहरू’, कवितासंग्रह तथा ‘मस्तिष्कहरूको मृत्यु’, ‘चम्पारन ब्लुज’, ‘धोबीघाट एक्सप्रेस’ निबन्धसंग्रह प्रकाशित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.