क्षितिज
त्यहाँदेखिको तिम्रो यात्रा
बिल्कुलै फरक छ
यहाँसम्म आइपुग्नका लागि।
आफ्नो प्यारो घरबाट
आइपुगेका छौँ
यस क्षितिजमा तिमी
यहाँबाट फेरि जानेछौ
नजाने कहाँ
अब तिमीले गर्ने फरक फरक यात्राहरू
त्यसपछि पनि
कयौं अजंगमा डाँडाहरू काट्नु पर्नेछ
अर्को क्षितिज भेट्ने झिनो आशैआशमा
तिमीले यो नभुल्नु कि
यात्रामा तिमीले चालेका हरेक पाइला
महत्त्वपूर्ण छन्
लामो श्वास फेर्दै तिमीले यात्रामा टिपेका ती मसिना ढुंगाहरू
चिसोले कठ्यांग्रिएका ती पोथ्रे बुट्यानहरू
कयौं कठिन घुम्तीहरू
उकाली ओराली गर्दा
तिम्रो शरीरबाट बगेका पसिना
तिम्रा लागि सयौं गुना सहयोगी बन्नेछन्
एक दिन आफ्नै घर फर्किनका लागि।
‘कोरा’बाट। अनुवादक चे शंकर नाट्य लेखक तथा निर्देशक हुन्। ‘सेम टाइम नेक्स्ट इयर’, ‘मिस्टर फक्स एन्ड स्कुल बोय’, ‘एनिमा’, ‘म्याड म्यान्स डायरी’ जस्ता नाटक उनले निर्देशन गरेका छन्।