‘फेरि नेपाल आउँछु’
काठमाडौं : जापानका पूर्वरक्षामन्त्री तोमोकी इनादाले नेपाली आतिथ्य, नम्रता र प्राकृतिक सौन्दर्यताले आफूलाई तानेको अनुभव सुनाएकी छन्। लिबरल डेमोक्र्याटिक पार्टीका सांसदसमेत रहेकी उनी दुई सांसदसहित नेपाल आएर राजनीतिक भेटघाट र काठमाडौं उपत्यका घुमेपछि यस्तो धारणा ब्यक्त गरेकी हुन्। राजनीतिक स्थायित्वतर्फ उन्मुख नेपालको विकासमा जापानको साथ र सहयोग रहँदै आउने उनले बताइन्।
चीनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भएको भेटले नेपाल भ्रमण जुरेको सुनाउँदै भनिन, ‘म नेपालको एक प्रमुख प्रशंसक भएर जापान फर्कंदै छु। नेपालीको हसिलो मुहार, मिठो बोली, आदरसम्मान र संस्कार देखेर दंग छु।’
नेपाल र जापानको दूरी टाढा थिएन अहिले पुन सीधा उडानले जोडिना पाउँदा थप निकटता ल्याएको उनले बताइन। नेपाली एअरलाइन्सको उडानमा आफू जापान फर्कंने पनि उनले स्पष्ट पार्दै भनिन्, ‘नेपालको सौन्दर्यता हेर्न नै भ्याइन। प्राकृतिक सौन्दर्य नियाल्न आँखा नाचिरहेको छ। म पुनः नेपाल आउने छु।’
उनी नेतृत्व टोलीमा ओसाकाका पूर्वमेयर समेत रहेकी सांसद फुसे ओटा र युवा सांसद मियो सुगिता छन्। बिहीबार नेपाल आएका उनीहरूले राष्ट्रपति भण्डारी, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अन्य मन्त्रीसँग भेटवार्ता गरे। उनीहरूले नेपाल भ्रमणको अनुभव जापानी दूतावासले आयोजना गरेको कार्यक्रममा सुनाए। उनीहरु नेपाल एअरलाइन्सको उडानमा ओसाका तर्फ शुक्रबार नै राति फर्केका छन्।