अभद्र व्यवहार गर्ने युवक जेल चलान
स्याङजा : यौनाङ्ग देखाएर अभद्र व्यवहार गर्ने आँधीखोला गाउँपालिका ५ का २८ वर्षीय बाबुराम विक जेल चलान भएका छन्। यौनाङ्ग देखाएर अभद्र व्यवहार गरेको आरोपमा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा जिल्ला अदालत स्याङ्जाले विकलाई जेल चलान गरेको हो।
विकले यौनाङ्ग देखाएर अभद्र व्यवहार गरेको भन्दै साउन २२ गते प्रहरीमा उजुरी परेको थियो। अदालतले विकलाई ५० हजार धरौटी माग गरेको थियो। सो रकम तिर्न नसक्दा उनी जेल चलान भएको प्रहरी नायव उपरीक्षक नविककृष्ण भण्डारीले जानकारी दिए।