आश्वासनले देश बन्दैन : पौडेल

आश्वासनले देश बन्दैन : पौडेल

बैतडी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले केही पनि गर्न नसकेको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा शनिबार गरेको पत्रकार सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य पौडेलले सरकार गठन भएको १८ महिना बितिसक्दा पनि नयाँ काम सुरु नभएको आरोप लगाए। 

‘वर्तमान सरकार झुटा आश्वासन बाड्नमै सीमित छ’, उनले भने, ‘आश्वासन मात्रै बाँडेर देशमा समृद्धि आउँदैन्। देशमा समृद्धि ल्याउनका लागि सरकारले काम पनि गर्नुपर्छ।’

दुई तिहाइको वर्तमान सरकार भ्रष्टाचारलाई संस्थागत रुपमा संरक्षण गर्न लागेको नेता पौडेलले आरोप लगाए। ‘सुन काण्ड, बालुबटार काण्ड, वाइडबडी, मेलम्ची, बुढीगण्डकी यी सबै काण्डमा हेर्नुहोस सरकारले भ्रष्टाचारलाई संरक्षण दिने काम गरेको छ’, उनले भने, ‘यो सरकारको कथनी र करणीमा भिन्नता छ।’

एक अर्को प्रसङ्गमा नेता पौडेलले देश बाहिरबाट मन्त्रिपरिषद बैठक सञ्चालन गर्नु संविधान विपरीत भएको बताए। ‘सरकार सञ्चालन बाहिरबाट गर्न सक्ने कुरा संविधानले परिकल्पना नगरेको कुरा हो’, उनले भने, ‘यो सरकार नै संविधान कुल्चिँदै अघि बढेको छ।’

कांग्रेस केन्द्रीय सदस्य पौडेल कार्यकर्ता भेटघाट तथा गिरिजाप्रसाद कोइराला फाउण्डेसनले आयोजना गरेको तीज विषेश कार्यक्रममा सहभागी हुन बैतडी आएका हुन्।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.