चौंरी गोठमा सोलार

चौंरी गोठमा सोलार

हेलम्बु : वर्षको नौ महिनाभन्दा बढी समय खर्क र लेकमा बिताउने हेलम्बु गाउँपालिका–२ का पृम्बा शेर्पाले अबका दिनमा गोठको जीवन केही सहज हुने अनुमान गरेका छन्।

गाउँपालिकाभित्र पर्ने फिरन्ते चौंरी गोठलाई लक्षित गर्दै गाउँपालिकाले सोलार प्यानल सेट उपलब्ध गराएपछि उनले आफ्नो फिरन्ते जीवनमा सहज हुने कल्पना गरेका हुन्। तीन महिनाभन्दा कम समय मात्र गाउँलेसँग साक्षात्कार हुने पेम्बाले यसअघि दियालोको भरमा साँझ रात उज्यालोको अनुभव गर्ने गरेका थिए। ‘गोठ जहाँ सा¥यो त्यहाँ लान मिल्ने सोलार बत्ती भएपछि हामीलाई गोठमा साँझ बिहान काम गर्न सजिलो हुदा होला’, सोलार लिन गाउँपालिका कार्यालय आएका पेम्बाले भने, ‘अझ मोबाइल पनि चार्ज गर्न मिल्छ रे, यति भएपछि गाउँसँग सम्पर्क पनि हुन्छ।’

पेम्बाजस्तै हेलम्बु गाउँपालिका–१ का साङ्गे शेर्पा पनि सोलार बत्तीले गोठको जीवनमा सहज त हुन्छ नै, मोबाइल बोक्दा परिवार र गाउँसँग सम्पर्क पनि गर्न पाइने भएकाले खुसी छन्। ‘गाउँमा मान्छे मरे पनि खबर पाउन कहिले त छ सात महिनासम्म लाग्थ्यो’, चार हजार पाँच सय मिटर उचाइसम्म चौंरी गोठ लाने गरेका साङ्गेले भने, ‘मोबाइल चार्ज गर्न पाइने भएपछि केही घटना भए पनि तत्काल थाहा पाउन सजिलो हुन्छ।’

गाउँपालिकाको विभिन्न क्षेत्रको अवलोकनका क्रममा चौंरी गोठमा भोग्नुपर्ने समस्या देखेर गाउँपालिकाभित्रका सबै चौंरी गोठलाई सोलार प्यानल उपलब्ध गराइएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए। शेर्पाका अनुसार पालिकाभित्रका १५ चौंरी गोठका लागि सोलार प्यानल, मोबाइल चार्ज गर्न मिल्ने ब्याट्री र चिम उपलब्ध गराइएको छ।

सरकारको नवीकरणीय उर्जा कार्यक्रमको सहयोगमा सबै गोठमा सौर्य उर्जा उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भीमराज कोइरालाले जानकारी दिए। यसअघि गाउँपालिकाले सरकारी अनुदानबाहेक किसानले बेहोर्नुपर्ने सबै रकम लगानी गरेर पालिकाभित्र भएका सबै चौंरीको बिमा गराएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.