अन्तर्राष्ट्रिय विमानस्थल जीर्णोद्धारमा अझै ४ महिना लाग्ने, दैनिक ७ घण्टा बन्द
![अन्तर्राष्ट्रिय विमानस्थल जीर्णोद्धारमा अझै ४ महिना लाग्ने, दैनिक ७ घण्टा बन्द](https://annapurnapost.prixacdn.net/media/albums/airport-2_20190424124343_rSgbrpmaCi.jpg)
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे र ट्याक्सी वे जीर्णोद्धारको दोस्रो चरणको काम आइतबारदेखि सुरु हुँदैछ। जसका कारण सात घण्टा (राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म) विमानस्थल बन्द हुने विमानस्थल कार्यालयले जनाएको छ।
पहिलो चरणमा ३ हजार ५० मिटर लामो धावनमार्ग मर्मतको काम सकिएको छ। 'रन वेको कम लगभग सकिएको छ। अब ट्याक्सी वे (पार्किङबाट रन वेमा जाने बाटो) निर्माणको काम थाल्छौँ', त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले भने।
गत बिहीबारदेखि जापानको ओसाका उडान थालेको नेपाल वायुसेवा निगमको उडान भने सञ्चालन हुने तिवारीले बताए। 'भर्खर उडान थालेको राष्ट्रिय ध्वजाबाहकलाई प्रबर्द्धन होस् भनेर आधा घण्टा खोल्छौँ', उनले भने। यो पुनर्निर्माणको काम डिसेम्बरसम्म जारी रहने उनले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)