१५ वर्षीया गौफलाई पराजित गर्दा टेनिस स्टार ओसाका भावविह्वल

१५ वर्षीया गौफलाई पराजित गर्दा टेनिस स्टार ओसाका भावविह्वल

एजेन्सी : जुनसुकै जितमा जो कोही पनि रमाउँछ, मुस्कुराउँछ । कहिलेकाहीँ खुसीको आँसु पनि खस्छ । तर गएराति भएको यूएस ओपन टेनिस खेलमा भने न जितमा खुसीको आँसु थियो न हारमा भएको दुःखको आँसु नै। 

गएराति अन्तिम १६ का लागि भएको यूएस ओपन टेनिसको खेल सकिने वित्तिकै खेलाडी र दर्शक भावविह्वल भए । प्रतिस्पर्धामा थिए डिफेन्डिङ च्याम्पियन जापानी खेलाडी नाओमी ओसाका र भर्खरै करियर सुरुवात गरेकी  अमेरिकी खेलाडी १५ वर्षीय कोको गौफ । ओसाका अन्तिम १६ मा पुगिन गौफ प्रतियोगिताबाट बाहिरिइन्।

जब ओसाकाले गौफलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन्, गौफले आँसु थाम्न सकिनन् । उनलाई ढाडस दिन नाओमी नजिक गइन् । त्यसपछिको प्रतिक्रयामा दुवैले आँसु रोक्न सकेनन् । कोकोले ओसाकाकै उत्प्रेरणाले खेल खेलेको बताइन् । विश्व नम्बर एक ओसाकासँगको उक्त खेलबाट धेरै कुरा सिक्न पाएको बताइन् । साथै अन्त्यमा त्यो माहोलका लागि ओसाकालाई धन्यवाद दिइन् । 

ओसाका पनि प्रतिक्रिया दिने क्रममा भावविह्वल भइन् । उनले आफू ‘नरुने’ भने पनि आँसु पुछिरहेकी थिइन् । उनले आगामी खेलहरूका बारे सोधिएको प्रश्नमा आफ्नो दिमागले काम नगरिरहेको बताइन् । उनले कोको गौफ निकै प्रतिभावान खेलाडी भएको भन्दै हौसला दिइन् ।

ओसाका सन् २०१८ को युएस ओपन टेनिस र २०१९ को अस्ट्रेलियन ओपन टेनिसको च्याम्पियन हुन् । 

भिडियो


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.