रोग रोक्न कुमारी पूजा
![रोग रोक्न कुमारी पूजा](https://annapurnapost.prixacdn.net/media/albums/kumari2_20190901090903_eFt50gA9UB.jpg)
काठमाडौं : बसन्तपुरमा रहेको कुमारी छें (घर) अगाडि आइतबार बिहान कुमारी अर्थात् कन्या पूजा गरिएको छ। श्री कुमारी सेवा समितिले गरेको पुजामा १०८ कुमारी सहभागी थिए।
ईहीः (बेल विवाह) नगरेका नेवार समुदायका २ देखि ८ वर्ष उमेर समूहका बाल कुमारी पूजामा सहभागी भएका हुन्। समितिका उपाध्यक्ष गौतम रत्न शाक्यले यस वर्ष कुमारी पूजा गराउन स्वदेश तथा विदेशमा रहेका नेवार परिवारसमेत सामेल भएको बताए।
२०६५ सालबाट निरन्तर संचालन हुँदै आएको कुमारी पूजामा सहभागी भए रोक रोक्न सकिने जनविश्वास रहेको छ।
‘एक पटकमा ३०८ जना कुमारी पूजा सरेको अनुभव छ। यस पटक भने १०८ जना कुमारीको मात्र पूजा गरिएको हो’, शाक्यले भने। पूजामा धार्मिक आस्था राख्ने भक्तजनले इच्छा अनुसार कुमारीहरुलाई नगद, फलफूल, कपडा, कापीकलमसमेत दान गरेका छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)