एटीएम ह्याक प्रकरण : करिब साढे दुई करोड रकमसहित पाँच चिनियाँ पक्राउ
काठमाडौं : विभिन्न बैंकको एटीएमबाट पैसा निकाल्ने पाँच चिनियाँ नागरिकलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको छ । काठमाडौं परिसर टेकुको टोलीले आइतबार दरबारमार्गस्थित नबिल बैंकको एटीएममा पैसा निकालिरहेको अवस्थामा चिनियाँ नागरिक चु ल्याङआङलाई पक्राउ गरेपछि ह्याकरको गिरोह फेला परेको हो ।
प्रहरीले राजधानीका विभिन्न ठाउँबाट करिब दुई करोड रुपैयासहित पाँच चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी
होबिन्द्र बोगटीका अनुसार उनीहरुको साथबाट १३२ थान नक्कली एटीएम बरामद गरिएको छ ।
प्रहरीले चिनियाँ नागरिक लिन च्यानमङ, ल्यो च्याले, चु ल्याङआङ, छिउ यूनछिङ, छन पिनपिनलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट सक्कली एटीएम १७, कार्ड पिन्टर मेसिन १ थान, मोबाइल ६ थान, ल्यापटप १ था र सामसुङ मोबाइल १ थान बरामद गरेको छ ।
स्रोतका अनुसार पाँच चिनियाँ पक्राउ परे पनि यिनीहरुको सञ्जाल नै काठमाडौंमा भएको आशंका गरिएको छ । त्यसमध्ये परिचय खुलेका दुईजना भाग्न सफल भएका छन् । उनीहरुलाई पक्राउ गर्न प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललगायतका नाकामा उनीहरुको सूची उपलब्ध गराएको छ ।