सर्वसाधारणको निक्षेप सुरक्षित छ : राष्ट्र बैंक
![सर्वसाधारणको निक्षेप सुरक्षित छ : राष्ट्र बैंक](https://annapurnapost.prixacdn.net/media/albums/Nepal-Rastra-Bank-6_20190901074904_dAPYgRR2Ow.jpg)
काठमाडौं : एटीएम चोरी प्रकरण सार्वजनिक भए लगत्तै राष्ट्र बैंकले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएको छ। राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले ह्याकरले बैंकको सफट्वेयरमा नभएर एटीएम सिस्टममा आक्रमण गरेको बताए।
‘अहिले ह्याकरले एटीएम सिस्टममा आक्रमण गरेको खुलेको छ’, उनले भने, ‘बैंकको सफट्वेयरमा आक्रमण नभएकाले सर्वसाधारणको निक्षेप सुरक्षित छ।’ आइतबार चिनियाँ ह्याकर समूहले राजधानीका विभिन्न ठाउँबाट रकम चोरी गरेपछि एटीएम सेवा अवरुद्ध भएको छ।
प्रवक्ता निरौलाका अनुसार तत्कालका लागि नेप्समा आबद्ध बैंकका एटीएम कार्ड अरु बैंकका एटीएम मेसिनमा प्रयोग गर्न बन्द गरिएको छ। तर सोही बैंकको एटीएमबाट भने पैसा निकाल्न सकिन्छ।
त्यस्तै देवः विकास, ज्योति विकास, ओम डेभेलपमेण्ट, शाइनरेसुङ्गा, सांग्रिला डेभेलपमेण्ट, एक्सेल डेभेलपमेण्ट र लुम्बिनी विकास बैंक पनि यस सञ्जालमा आबद्ध छन्।
ह्याकरले ती बैंकको नक्कली एटीएमकार्ड बनाएर भिसा प्रणाली सञ्चालन गर्ने नबिल, नेपाल एसबीआई, सानीमा, एनएमबीलगायत थुप्रै बैंक तथा वित्तीय संस्थाको एटीएमबाट पैसा निकालेको प्रहरीले बताएको छ।
सबै बैंकले शंकास्पद कारोबारको विवरण प्रहरीलाई बुझाइसकेका छन्। त्यसमाथि छानबिन भइरहेको प्रहरीले बताएको छ। प्रहरीले विभिन्न ठाउँबाट पाँचजना चिनियाँ नागरिक पक्राउ गरिसकेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)