अमेरिकामा अन्धाधुन्ध गोली प्रहार : पाँचजना मारिए, २० घाइते
![अमेरिकामा अन्धाधुन्ध गोली प्रहार : पाँचजना मारिए, २० घाइते](https://annapurnapost.prixacdn.net/media/albums/texas-attack_20190901102814_jSbDOLi5lN.jpg)
वासिङ्टन : अमेरिकाको टेक्ससस्थित एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा ५ जना मारिएका छन् । प्रहरी कारवाहीमा ती हतियारधारी व्यक्तिको पनि मृत्यु भएको छ ।
२० जना घाइते छन् । घाइतेमध्ये तीनजना कानुन व्यवसायी छन् । ती व्यक्तिले हुलाक सेवाको एउटा गाडी अपहरणमा लिइ अन्धाधुन्ध गोली प्रहार गरेका थिए । ओडेसा प्रहरी प्रमुख माइकेल गर्कका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।
घटनाका अभियुक्त ३० वर्षीय पुरुष भएको पनि बताइएको छ । टेक्ससमै एक महिनाअघि पनि यस्तै प्रकृतिको घटना भएको थियो । जहाँ २२ को ज्यान गएको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)