बंगलादेश र कतारका आवासीय राजदूतको शपथ
![बंगलादेश र कतारका आवासीय राजदूतको शपथ](https://annapurnapost.prixacdn.net/media/albums/President-nepal_20190901104540_mgWOsntrYM.jpg)
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बंगलादेश र कतारका लागि नेपालका आवासीय राजदूतलाई पद तथा गोपनीयाको शपथग्रहण गराएकी छन्।
आइतबार शीतल निवासमा आयोजित विशेष समारोहमा बंगलादेशका लागि नेपालको आवासीय राजदूत डा. वंशीधर मिश्र र कतारका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त डा. नारदनाथ भारद्वाजले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)