बहमासमा भयानक आँधीको भय, अमेरिकामा पनि असर पार्ने जोखिम
![बहमासमा भयानक आँधीको भय, अमेरिकामा पनि असर पार्ने जोखिम](https://annapurnapost.prixacdn.net/media/albums/hurricane-bahamas_20190901112220_vyGJ3Q4dIj.jpg)
वासिङ्टन : बहमासमा डोरियन हावाको कडा गतिबाट आउने खतरनाक आँधीको चेतावनी दिइएको छ ।
अमेरिकामा आँधी सम्बन्धी सूचना दिने निकाय ‘नेशनल हुरिकेन सेन्टर’ले यसबारे सचेत गराएको छ । आँधीले आइतबार बहमासमा हान्ने बताइएको छ । सोही आँधीको असर अमेरिकाको पूर्वी समुद्री किनार क्षेत्रमा पनि पर्नेछ ।
आँधीको जोखिमसँगै बहमासका बासिन्दाहरु नियमित काम नै छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ जाने तयारी गरिरहेको बिबिसीले उल्लेख गरेको छ । यस्तै त्यस क्षेत्रमा अन्तर्राष्ट्रिय बाहेक अन्य विमानस्थल बन्द गरिएको छ । यसपटकको आँधीलाई १९९२ को ‘५औं क्याटेगोरी’को आँधीपछिकै ठूलो आँधीको रुपमा मौसमविद्हरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)