बर्मामा नेपाली उत्पादनको प्रदर्शनी हुँदै
याङ्गन, बर्मा : बर्मास्थित नेपाली दूतावासको प्राङ्गणमा भइरहेको उत्पादन प्रदर्शनीमा नेपाली उत्पादनको समेत प्रदर्शनी भइरहेको छ। सार्क चेम्बर वीमीन इन्टरप्रेन्युर्स काउन्सिल (एस्सीडब्लुइसी) सँग आबद्ध नेपाली टोली बर्माको याङ्गनमा भइरहेको प्रदर्शनीमा सहभागी भएको हो।
प्रदर्शनीमा नेपाली हस्तकलाका सामाग्री, हाते झोला, मखमली चप्पल आदि राखिएका छन्। त्यस्तै महिलाले प्रयोग गर्ने पोते, क्लिप, चुरा, कुशन कभर साथै दौरा सुरुवाल, साडी र चोली लगायत नेपाली मौलिक सामग्री राखिएको छ।
बर्मा भ्रमणमा रहेको नेपाली टोलीले बर्माका विभिन्न सहरमा नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार समेत गर्नेछ।