दराजले सन् २०२२ सम्ममा १ लाख रोजगारी सिर्जना गर्ने

दराजले सन् २०२२ सम्ममा १ लाख रोजगारी सिर्जना गर्ने

काठमाडौँ : अनलाइन सपिङ साइट दराजले सन् २०२२ सम्ममा १ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ। राजधानीमा पत्रकार सम्मेलन गर्दै सो घोषणा गरेको हो। उक्त घोषणा दराजका ग्लोबल सीईओ ब्यार्के मिकेल्सन तथा दराज नेपालका प्रबन्धक लिनो अर्लिङ्गले संयुक्त रूपमा गरेका हुन्।

‘दराज एउटा ठूलो मल वा बजार साथै कम्युनिटी पनि हो जुन तपाईँको खल्तीभित्रै समावेश हुनसक्छ’, सीईओ मिकेल्सनले भने, ‘दराजले २ लाख ५० हजारभन्दा बढी सामान उपभोक्तासामु पुर्‍याएको छ।’ उनले ७५ हजारभन्दा बढी नेपाली उपभोक्ताले दैनिक दराजको प्रयोगगरेको दाबी गरे। 

हाल नेपालमा ५ हजारभन्दा बढी रोजगारी सिर्जना गरेको दराज नेपालका प्रबन्धक लिनो अर्लिङ्गले बताए।  दराजमा हाल २ हजार ५ सय बढी बिक्रेताहरू दराजको प्रविधि प्रयोग गर्दै आइरहेका छन्।

त्यस्तै दशैँको अवसरमा भदौ २९ देखि असोज १३ गतेसम्म विभिन्न ब्रान्डका सामानमा छुट दिने पनि उक्त पत्रकार सम्मेलनमा घोषणा गरिएको छ। साथै अलिबाबा ग्लोबलको भन्दा ठूलो ‘सेल दिवस ११–११’ पनि आउँदो कात्तिक २५ गते हुने जानकारी दिइएको छ।

दराजले सन् २०२२ सम्ममा ५० लाख उपभोक्तासामु ‘डिजिटल पेमेन्ट’ अर्थात् अनलाइन भुक्तानी सुविधा पुर्‍याउने योजना पनि सम्मेलनमा सार्वजनिक गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.