भारतको अर्थव्यवस्था अति चिन्ताजनक : मनमोहन सिंह

भारतको अर्थव्यवस्था अति चिन्ताजनक :  मनमोहन सिंह

नयाँदिल्ली : भारतीय पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भारतीय अर्थव्यवस्थाको अवस्था अति चिन्ताजनक रहेको बताएका छन् ।

मनमोहन सिंहले नरेन्द्र मोदी सरकारका कारण अर्थव्यवस्थामा मन्दी आएको टिप्पणी गरेका हुन् । सरकारले दुई दिनअघि नै तथ्यांक जारी गरिको थियो । जहाँ अर्थव्यवस्थाको वृद्धिदर पछिल्लो ६ वर्षमा सबैभन्दा न्युन रहेको बताइएको छ ।

डा. मनमोहन सिंहको एक अर्थशास्त्रीको रुपमा पनि पहिचान छ । बिबिसी हिन्दीका अनुसार यसरी लगातार गिरावट आउनु भारतको लागि अति जटिल अवस्था हुने उनले बताएका छन् ।

‘लगातार गिरावट जारी रह्यो भने भारतका लागि अति जटिल अवस्था हुनेछ । म आग्रह गर्छु कि सरकार प्रतिशोधको राजनीतिबाट बाहिर आओस् । अर्थव्यवस्थाको यस्तो हालत सरकारको गल्तीहरुबाटै बनेको हो ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.