म उपसभापतिको उमेद्वार हुँ : चन्द्र भण्डारी

म उपसभापतिको उमेद्वार हुँ : चन्द्र भण्डारी

काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको उपसभापति उठ्ने घोषणा गरेका छन्।

पुराना पुस्ताबाट पार्टी नचल्ने भन्दै आउँदा महाधिवेशनका उपसभापतिका लागि आफूले तयारी गरिरहेको उनको भनाइ छ। जारी केन्द्रीय समिति बैठकमा युवा जोस् जाँगरका साथ पार्टी चलाउन उपसभापतिको घोषणा गरेको उनले बताए। 

‘युवा साथीहरुले महामन्त्री उठ्ने कुरा गर्नुभएको छ। राम्रो कुरा हो। नयाँ स्कृप्टसहित आउनुपर्‍यो पुरानाले काम लाग्दैन’, भण्डारीले बैठकपछि अन्नपूर्णसँग भने, ‘तपाईँहरु महामन्त्री लड्नुहोस् म उपसभापति लड्छु । अब पुराना हिरोबाट केही हुँदैन। नयाँ हिरो नयाँ स्कृप्टसहित आउनुपर्‍यो।’

यस्तै बैठकमा बोल्दै केन्द्रीय सदस्य गगन थापाले जनताको जनजीविकाको सवालमा पार्टी पछि परेको बताए। ‘हामीले राजनीतिका ठूला–ठूला कुरा गर्‍यौँ। तर, जनतासँग जोडिएका कुरा उठाउन सकेनौँ’, थापाले भने। 

यस्तै, उनले कांग्रेसले नेतृत्व गरेको स्थानीय तहमा राम्रो काम गरेर सरकारको विरोध गर्ने आधार तयार गर्नुपर्ने बताएका थिए। ‘यो सरकार भएन भन्दै गर्दा कस्तो हुनुपथ्र्यो भन्ने देखाउन सक्नुपर्छ’, उनले भने।  

बैठकमा बोल्दै केन्द्रीय सदस्य डिला संग्रौलाले मंसिरमा हुने उपनिर्वाचनले कांग्रेसको भविष्य निर्धारण गर्ने बताइन्। ‘उपनिर्वाचनलाई जनमत संग्रहको रूपमा लिँदै सम्पूर्ण आफ्ना सांगठनिक निकायलाई प्रयोग गरी अहिलेदेखि नै उपनिर्वाचनको तयारीमा जुटौँ’, उनले भनिन्, ‘यो निर्वाचन कांग्रेसले जित्न जरुरी छ। यसका लागि पार्टीभित्र एकताको खाँचो छ।’ 
  

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.