गुठी बचाउन महानगर तयार छ : मेयर शाक्य

गुठी बचाउन महानगर तयार छ : मेयर शाक्य

काठमाडौं : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले राजनीतिक आस्था र व्यक्तिगत स्वार्थका कारण महानगर भित्रका सम्पदा पुर्ननिर्माणमा समस्या भएको गुनासो गरेका छन्।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाक्यले महानगरले काम गर्न चाहेपनि स्वार्थ समूहले गर्न नदिएको आरोप लगाएका हुन्।

‘काष्ठमाण्डप, धरहरा र रानीपोखरी छिटो सम्पन्न गर्नुपर्छ भनेरै म निर्वाचित भएदेखि नै निरन्तर लागेको छु,’ मेयर शाक्यले भने, ‘तर, केहीले राजनीतिक आस्थाका कारण त कहिले ठेक्का–पट्टाको विवादले अवरोध निम्त्याएको छ।’

शाक्यले पुरातत्व विभागले सकारात्मक भूमिका खेल्न नसक्दा थप समस्या निम्तिएको बताए।  ‘पुननिर्माणको काम समयमा सम्पन्न भएन भने लागत बढ्छ ,’ उनले भने। सरकार असफल बनाउन केही व्यक्ति लागि परेका कारण समस्या थपिएको उनले बताए।
शाक्यले गुठी विधेयकका बारेमा साझा धारणा बनाएर जानु पर्नेमा जोड दिए।  कांग्रेस सांसद भीमसेन दास प्रधानले गुठीका बारेमा महानगरपालिकाको धारणा मागेपछि मेयर शाक्यले गुठी बचाउन महानगर तयार भएको धारण राखे।

कार्यक्रममा शाक्यले यसपालिको इन्द्रजात्रालाई अन्तराष्ट्रियस्तरमा चिनाउन लागेको जानकारी दिए। ‘यो पटक हामीले इन्द्रजात्रालाई अन्तर्राष्ट्रियकरण गर्दैछौँ,’ उनले भने, ‘विभिन्न देशका मेयर र प्रतिनिधिलाई इन्द्रजात्रा अवलोकन गर्न बोलाएका छौँ। यो उनीहरुलाई नेपाल चिनाउने अवसर पनि हो।’ 
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.