नक्कली तमसुक बनाएर गरिबमाथि ठगी गर्ने कलवार पक्राउ

नक्कली तमसुक बनाएर गरिबमाथि ठगी गर्ने कलवार पक्राउ

सर्लाही : ऋण दिएर स्थानीयलाई ठगेको आरोपमा सर्लाहीका श्यामकृष्ण साह कलवार (परदेशी)लाई प्रहरीले पक्राउ गरेको छ । ऋण दिएको भन्दा कयन् गुणाको तमसुक गरेको आरोपमा उनलाई आइतबार साँझ पक्राउ गरिएको हो । 

पक्राउ परेका कलवारमाथि अनुसन्धान गरी ठगी मुद्दा चलाइने जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले सर्लाहीका गरिब तथा निमुखालाई ऋण दिने बहानामा ठगी गरेको समाचार आइतबार अन्नपूर्ण पोस्ट्मा प्रकाशित भएको थियो । 

कलवारमाथि स्थानीय २९९ जनालाई एक करोड ९ लाख ५१ हजार ऋण दिएर । ७ करोडभन्दा बढीको  तमसुक गरेको आरोप छ । न्याय खोज्दै पीडित काठमाडौं आएपछि घटना बाहिरिएको थियो । पीडितले ऋण बुझाइसक्दा पनि अनावश्यक तनाव दिएको आरोप लगाएका छन् ।  

नक्कली तमसुक बनाउँदै, गाउँका गरिबसँग जबरजस्ती असुल्दै​


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.