चन्द्रगढी विमानस्थलमा २ बजेसम्म मात्र उडान हुने
झापा : झापाको चन्द्रगढी विमानस्थल धावनमार्ग मर्मत तथा स्तरोन्नति कार्यका लागि दुई बजेसम्म मात्र उडान हुने भएको छ ।
आगामी भदौ २० देखि असोज ४ सम्म (१५ दिन) का लागि दिउँसो २ बजेबाट भोलिपल्ट बिहान ७ बजेसम्म उडान बन्द हुने विमानस्थल प्रमुख पूर्ण चुडालले जानकारी दिए ।
विमानस्थलको धावन मार्ग १५ सय र चौडाई ३५ मिटर छ । हाल विमानस्थलको थप सुरक्षाका लागि भन्दै धावन मार्गको दुवैतिर अढाइ मिटर थपेर नयाँ पीच लगाउने काम धमाधम सुरु भएको छ ।
सोही क्रममा विमानस्थलबाट हुने नियमित उडानलाई केही समयका लागि रोकिने प्रमुख चुडालले बताए । विमानस्थलमा ठूला जहाज पनि आउन थालेपछि धावनमार्ग बलियो र सुरक्षित बनाउन स्तरोन्नति गर्न लागेकोे चुडालले अन्नपूर्णसँग भने ।