चार पांग्रेमा टोयोटा उत्कृष्ट

चार पांग्रेमा टोयोटा उत्कृष्ट

काठमाडौं : नाडा अटो सो २०७६ आइतबार सम्पन्न भएको छ। भदौ १० देखि १५ गतेसम्म सञ्चालन भएको अटो सोमा ८१ हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ।

अटो सो व्यवस्थित र भव्य रूपमा सम्पन्न भएको नाडा अटो मोबाइल्स् एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालको भनाइ छ। अघिल्लो वर्ष ७१ वटा ब्रान्ड सहभागी भएकोमा यस वर्ष ९५ वटाको सहभागिता थियो। साना र ठूला गरी एक सय ६० स्टल राखिएका थिए। सोमा २३ ब्रान्डका चार पांग्रे, १९ ब्रान्डका दुई पांग्रे, १२ ब्रान्डका लुब्रिकेन्ट, नौ ब्रान्डका टायर राखिएका थिए।

प्रदर्शनी स्थललाई व्यवस्थित गर्न अटो सोले स्थान अभावका कारण बगैंचा पनि प्रयोगमा ल्याएको थियो। जहाँ लुब्रिकेन्ट, टायर, पार्टस्, फुड स्टल राखिएको थियो। अवलोकनकर्ताको सहजताका लागि आकासे पुल पनि निर्माण गरिएको थियो।

उत्कृष्ट स्टल

अटो सोमा सहभागी कम्पनीमध्ये उत्कृष्ट स्टललाई पुरस्कारको पनि व्यवस्था गरिएको थियो। टोयोटाले चार पांग्रे सवारीतर्फको उत्कृष्ट स्टलको पुरस्कार जितेको छ। दुई पांग्रेतर्फ केटीएमले जितेको छ भने उत्कृष्ट ल्युब, टायर, पार्टसलगायतका स्टलमा टोटलले जितेको छ।

यस वर्षको अटो सोमा आकर्षण बनेको ओमेगा अटोमोबाइल्सको प्रायोजन जीपीएक्स जेन्टलमेन २०० सीसी मोटरसाइकल रहेको थियो। ०१२३३१ नम्बरको टिकटले लक्की ड्रमार्फत मोटरसाइकल जितेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.