आजकाे मौसम : मेघ गर्जनसहित मध्यम वर्षा
काठमाडौं : बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले देशभर केही दिन पानी पर्ने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको सोमबार बिहान ६ बजे निकालेको बुलेटिनमा मनसुनको न्यून चापिय रेखा औसत स्थानभन्दा केहि दक्षिणतर्फ सरेको छ।
मनसुनको न्यून चापिय रेखाको साविक स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ। विभागका मौसमविद् शान्ति कँडेलले भने, ‘अहिले मनसुनको कुनै प्रभाव छैन। वर्षा अझै केही दिन लम्बिनेछ।’
सोमबार बिहान देशका विभिन्न भू-भागमा वर्षा भइरहेको छ। सोमबार दिउँसो देशभरी सामान्य बदली भई मध्य,पुर्वी पश्चिमका केही स्थानमा मेघ गर्जन/चट्टयाङसहित मध्यम वर्षा हुनेछ।
राति देशभरी सामान्य बदली रही पश्चिम,पूर्व र मध्यका केही स्थानहरुमा केही स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्गसहित मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।
मंगलबार पुर्व र मध्यका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।