एथ्लेटिकोको संघर्षपूर्ण जित, रियल हारबाट जोगियो

एथ्लेटिकोको संघर्षपूर्ण जित, रियल हारबाट जोगियो

मड्रिड : स्पेनिस ला लिगाको आइतबारको खेलमा एथ्लेटिको मड्रिडले जित हात पारेको छ। अर्काे मुख्य उपाधि दाबेदार टोली रियल मड्रिड बराबरीमा रोकिएको छ। एथ्लेटिकोले इआबरलाई ३-२ ले पराजित गर्दा रियल मड्रिड भिल्लारियलसँग २-२ को बराबरीमा रोकियो। 

एथ्लेटिको मड्रिडको घरेलु मैदानमा भएको खेलमा इआबरले सुरुमा २-० को अग्रता बनाएको थियो। ७औं मिनेटमा चार्लेज र १९औं मिनेटमा एनाइटेज अर्बिल्लाले गोल गरी  इआबरलाई अग्रता दिलाएका थिए। एथ्लेटिकोका लागि जोआ फेलिसले २७औं मिनेटमा गोल गरी खेल २-१ पुर्‍याए। भिटोलोले ५२औं मिनेटमा गोल गरी खेल बराबरी गरे। टे थोमसले ९०औं मिनेटमा गोल गरी एथ्लेटिकोलाई जित दिलाए। 

भिल्लारियलको घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले ग्यारेथ बेलको २ गोलको मद्दतमा एक अंक आफ्नो पक्षमा पार्न सफल भएको छ। जेरार्डले १२औं मिनेटमा गोल गरी भिल्लारियललाई अग्रता दिलाएका थिए। बेलले पहिलो हाफको अतिरिक्त समयमा गोल गरी खेल बराबरी बनाए। ७४औं मिनेटमा मोसेज गोमेजको गोलबाट भिल्लारियलले पुन खेलमा २-१ को अग्रता बनायो। बेलले ८६औं मिनेटमा अर्काे गोल गरी २-२ को बराबरी गरे। बेलले ९० मिनेटपछिको अतिरिक्त समयमा लगातार २ पँहेलो कार्ड खाए। 

तीन खेलमा लगातार जित निकालेको एथ्लेटिको ९ अंकसहित शीर्ष स्थानमा रहन सफल भएको छ। ५ अंक रहेका रियल ५औं स्थानमा रहँदा ३ खेलबाट ४ अंक बनाएको डिफेन्डिङ च्याम्पियन बार्सिलोना ८औं स्थानमा सीमित छ।

ला लिगाका आइतबारका अन्य खेलमा भ्यालेन्सियाले रियल माल्लोर्कालाई २–० र ग्रानाडाले स्पानियोललाई ३–० ले पराजित गरे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.