टी-२० क्रिकेटमा मालिंगाले बनाए कीर्तिमान

टी-२० क्रिकेटमा मालिंगाले बनाए कीर्तिमान

कोलम्बो : श्रीलंकाका चर्चित फास्ट बलर लासिथ मालिंगाले टी–२० क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । आइतबार न्युजिल्याण्डविरुद्ध टी–२० सिरिजको पहिलो खेलका क्रममा मालिंगा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल भएका छन् । 

श्रीलंकामा भएको आइतबारको खेलमा मालिंगाले २ विकेट लिँदै पाकिस्तानका शाहिद अफ्रिदीको कीर्तिमानलाई पछि पारेका हुन् । मालिंगाले ७४ इनिङमा बलिङ गरी ९९ विकेट लिएका छन् । अफ्रिदीले ९९ इनिङमा बलिङ गरी ९८ विकेट लिएका थिए । 

टी–२० सिरिजको पहिलो खेलमा भने श्रीलंका ५ विकेटले पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको थियो । श्रीलंकाका लागि कुशल मेन्डिसले सर्वाधिक ७९ रनको योगदान गरेका थिए। १७५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १९.३ ओभरमा ५ विकेट गुमाएर जित हात पार्‍यो । न्युजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ४८ र कोलिन डी ग्राण्डहोम ४४ रनको योगदान गरे।

कप्तानसमेत रहेका मालिंगाले पहिलो ओभरको चौथो बलमा ओपनर कोलिन मुन्रोलाई बोल्ड आउट गर्दै अफ्रदीसँगको कीर्तिमान बराबरी गरे। उनले १४औं ओभरको तेस्रो बलमा कोलिन डी ग्राण्डहोमलाई बोल्ड आउट गर्दै अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा सर्वाधिक विकेट लिने कीर्तिमान आफ्नो नाममा दर्ज गराए । मालिंगा र अफ्रदीपछि सर्वाधिक विकेट लिनेमा बंगलादेशका सकिब अल हसन छन् । उनले  ७२ इनिङमा ८८ विकेट लिएका छन् । मालिंगाले एक महिना अघि मात्रै एकदिवसीय क्रिकेटबाट सन्यास लिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.