ओली–मोदी भिडियो कन्फरेन्स हुँदै

ओली–मोदी भिडियो कन्फरेन्स हुँदै

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय सहयोगमा भइरहेका पुनर्निर्माण कार्यको जानकारी लिने भएका छन्। नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले प्रधानमन्त्री मोदीले भिडियो कन्फरेन्समार्फत गोरखा र नुवाकोटको पुनर्निर्माण कार्यको जानकारी लिने बताए।

भदौ २४ मा दुई देशका प्रधानमन्त्रीबीच प्रत्यक्ष भिडियो कुराकानीको तयारी भइरहेको छ। त्यही क्रममा उनले गोरखा र नुवाकोटमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी लिन लागेका हुन्।

भारत सरकारद्वारा गोरखा र नुवाकोटमा भूकम्पले क्षति पुगेका ५० हजार घरधुरी पुनर्निर्माणका लागि ६ अर्ब ९५ करोड रुपैयाँ सहयोगमा गरेको छ। भारतीय दूतावासका अनुसार हालसम्म ४० हजार घर पुनर्निर्माण भइसकेका छन्। पुनर्निर्माण कार्य ८५ प्रतिशत सकिएको बताइएको छ।

‘मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रूपमा भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्ने कार्यक्रम रहेकाले त्यो समयमा सम्भव भएसम्म गोरखा र नुवाकोटको काम देखाइनेछ’, राजदूतका प्रवक्ता अभिषेक दुवेले भने।

पुनर्निर्माणसम्बन्धी कामका केही झलक भिडियोमार्फत प्रधानमन्त्रीलई देखाउन लागिएको हो।

भिडियो कन्फरेन्सको भारतको दुरदर्शन र नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गर्ने तयारी भइरहेको छ।

कन्फरेन्समा गोरखाको दुई मिनेटको लाइभ भिडियो समेटिने छ। भारत र नेपालबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै आगामी दिनमा सहकार्यलाई निरन्तरता दिने सन्देश दिन राजदूत पुरीले पुनर्निर्माण भएको घरअगाडि तुलसी रोपेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.