एटीएम लुट्ने अर्का विदेशी पक्राउ

एटीएम लुट्ने अर्का विदेशी पक्राउ

काठमाडौं : विभिन्न बैंकहरुका एटीएम बुथबाट पैसा चोर्ने अरु विदेशी पक्राउ परेका छन्। चिनियाँ मुलका फ्रेन्च नागरिक छु लुक्ली आइतबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन्।

लुक्ली महानगरिय प्रहरी परिसरले शनिबार पक्राउ परेका पाँच जना चिनियाँ नागरिकका साथी रहेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। उनको साथबाट प्रहरीले ६ हजार अमेरिकन डलर बरामद गरेको छ। 

एटीएमबाट चोरेको २९ लाख ९९ हजार नेपाली रुपैयाँ उनीहरुले विभिन्न मनि ट्रन्सफरमार्फत् साँटेको प्रहरीको अनुसन्धानले देखाएको छ। यसै अनुसन्धानको सिलसिलामा डेक्को मनि ट्रन्सफरका संचालक रविकुमार लामिछाने र नेपालय मनि ट्रन्सफरका संचालक राेशन प्रधानलाई समेत पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी बोगटीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.