गत वर्षै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अझै आएन

गत वर्षै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता अझै आएन

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाले गत आर्थिक वर्ष २०७५/०७६ को तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अहिलेसम्म वितरण गरेको छैन। जेष्ठ नागरिक, अपांग, असहाय, एकल महिलाले गत आर्थिक वर्षभित्रै पाउनुपर्ने सामाजिक सुरक्षा भत्ता नपाएका हुन्।

‘हरेक वर्ष असार महिनामा सामाजिक सुरक्षा भत्ता पाउँदै आएको थिए, यो वर्ष भदौमा समेत भत्ता पाएको छैन', शैल्यशिखर नगरपालिका  ८ का ७८ वर्षीय लालमनी जोशीले भने। वृद्धभत्ता नपाउँदा घरमा नुन, तेलसहित दैनिक उपभोगका सामान किन्न समस्या भएको उनी सुनाउँछन्।

नगरपालिकाको कमजोरीका कारण झण्डै २३ सय जनाले सामाजिक सुरक्षा भत्ता नपाएका हुन्। परिचयपत्रको आधारमा स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएकोमा यो वर्षदेखि बैंक खाता मार्फत भुक्तानी गर्न खोज्दा ढिलाइ भएको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर बिष्टले बताए।

तर गत माघ महिनामा बैंक खाता खोलेकाहरूले समेत अहिलेसम्म रकम नपाएको स्थानीय गंगादत्त जोशीले बताए।

कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका सूचना अधिकारी ईन्द्रसिह धामीका अनुसार गत आर्थिक वर्षमै सबै स्थानीय तहको सामाजिक सुरक्षा भत्ता निकासा भइसकेका बताए।

सामाजिक सुरक्षा भत्ता नपाउँदा यो वर्षको गौरा पर्व समेत खल्लो भएको जेष्ठ नागरिक नारायण जोशीले बताए।

शैल्यशिखर नगरपालिकाले मेघा बैंक गोकुलेश्वरलाइ सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी दिएको छ। बैंकका सहायक ईन्चार्ज अनिल धामीले नगरपालिकाले ढिलागरी रकम निकासा गरेको बताए। 'अहिले चेक काट्ने काम भइरहेकोले छ। भदौ २० गतेदेखि रकम वितरण गर्छौँ', उनले भने।

निमित्त प्रमुख प्रशासकीय अधिकृत बिष्टले अहिले सबै लाभग्राहीको बैंक खाता खुलिसकेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.