दशरथ रंगशालाको स्तरोन्नति सुरु

दशरथ रंगशालाको स्तरोन्नति सुरु

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला फुटबल मैदानको स्तरोन्नतिको काम सोमबारदेखि प्रारम्भ गरेको छ। राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले मैदानको घाँस काटेर स्तरोन्नति कार्यको प्रारम्भ गरे। सो अवसरमा सदस्यसचिव सिलवालले फुटबल मैदान तयार गर्न पर्याप्त समय रहेको बताउँदै तीन दिनमा घाँस काट्ने काम सक्ने र तीन दिनमा मैदानको खाल्डाखुल्डी मिलाएर घाँस रोप्ने कार्य प्रारम्भ गर्ने जानकारी गराए। 

उनले त्यसपछि मैदानमा घाँस रोप्ने काम सम्पन्न भएपछि ४५ दिनभित्र मैदान तयार गरिसक्ने बताए। राखेपले आसन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) र सन २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली देशको दोस्रो चरणको छनोट खेलका लागि मैदानको स्तरोन्नति सुरु गरेको हो। विश्वकपअन्तर्गत नेपालले खेल्ने खेल रंगशालामै हुने बताइएको छ। 

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ। समूहमा नेपालसँगै एसियाली पावर हाउस अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेई रहेका छन्। होम एन्ड अवेका आधारमा खेलिने खेलमा नेपालले भदौ १९ गते कुवेतसँग खेल्दै विश्वकप छनोटको सुरुआत गर्नेछ। मैदानको स्तरोन्नतिको सुरुआत कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पा, १३औं साग सचिवालय प्रमुख कमल खनाललगायतको उपस्थिति रहेको थियो। सोही अवसरमा सदस्यसचिव सिलवालले भीआईपी प्यारापिटको निरीक्षण गर्दै तयारीका बारेमा जानकारी पनि लिएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.