चीनको उत्पादन घट्यो

चीनको उत्पादन घट्यो

पइचिङ : चिनियाँ औद्योगिक उत्पादनसम्बन्धी दुईवटा सर्वेक्षणले चिनियाँ सामानको मागमा कमी आएको देखाएका छन्। अमेरिकासँग व्यापार र प्रविधि विषयमा जारी व्यापार युद्धले चिनियाँ औद्योगिक उत्पादनमा कमी आएको हो।

चिनियाँ व्यावसायिक अखबार काइसिनद्वारा विश्लेषणात्मक खरिद सूचकले गत जुलाईको ४९.९ विन्दुबाट ५०.४ विन्दुमा पुगेको देखाएको छ। कुल १०० अंक रहेको यस सूचकले पछिल्लोपटक कारखाना उत्पादनमा सामान्य वृद्धि भएको देखाएको छ तर वार्षिक विन्दुगत उत्पादनमा कमी आएको देखिएको छ।

अखबारका अनुसार कारखानबाट उत्पादित वस्तुको मागमा व्यापक कमी आएको छ। शनिबार नै चिनियाँ औद्योगिक समूह ‘चाइना फेडेरेसन अफ लजिस्टिक एन्ड पइजिङ’द्वारा प्रकाशित अर्को सर्वेक्षणमा बजार माग ‘सापेक्षित रूपमा कमजोर’ रहेको देखाएको छ। अध्ययनमा जुलाईको ४९.७ अंकको तुलनामा पछिल्लो अगस्टमा ४९.७ विन्दुमा आइपुगेको छ।

चिनियाँ निकासीकर्ताहरू अमेरिकी करवृद्धिका अघिल्तिर संघर्षरत देखिएका छन्। जुलाईमा चिनियाँ सामानको अमेरिका निकासीमा ६.५ प्रतिशतले कमी आएको छ। चीनको सबैभन्दा ठूलो बजार अमेरिका हो।

अमेरिका र चीनले आइतबार मात्र एकअर्का मुलुकका अर्बौं डलर बराबरका सामानमा कर बढाएका छन्। चीनले निर्माण क्षेत्रमा सरकारी लगानी बढाएर आर्थिक वृद्धिलाई निरन्तरता दिने प्रयत्न थालेको छ।

चीनमा अघिल्लो वर्षको तुलनामा यस वर्षको जुन महिनासम्म आर्थिक वृद्धि ६.२ प्रतिशत मात्र रहेको छ। विगत २६ वर्षमा चीनको यो सबैभन्दा न्यून आर्थिक वृद्धि हो। एपी 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.